नभनिएको दिनमा पार्टी एकता हुन्छ : पुष्पकमल दाहाल

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब नभनिएको दिनमा पार्टी एकता हुने बताएका छन् । पार्टी एकता संयोजन समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

“अलिकति खचपच हुनुलाई पनि अविश्मरणीय परिघटनाका रुपमा लिनुपर्छ,” ब्यानरका सम्बन्धमा भएको विवादका बारेमा संकेत गर्दै उनले भने, “यसबाट शिक्षा लिनुपर्छ ।” उनले पार्टी एकताको मिति तोक्ने बारेमा छलफल पनि भइरहेको बताए ।

“पार्टी घोषणाको अन्तिम तयारीमा छौं,” उनले भने, “अझ संकल्प दह्रो भएको छ । संकल्प लिएका छौं । केन्द्रीय कमिटी नयाँ बनाउने चरणमा छौं । हामी एक अर्कामा रुपान्तरण हुँदैछौं ।” उनले नेपाली जनताले नै गो अहेड भनेकाले अब पछि फर्किने अवस्था नभएको बताए ।

“नेपाली जनताले विल्कुल ठिक गर्यौ, गो अहेड भने,” उनले भने, “जनताले हामीलाई भरोसा गरेर स्थिरता र विकासका लागि जसरी भनेका छन् । कतैबाट छुट छैन ।  अब यो जनताको सम्पत्ति भएको छ । अब मैले या केपीले दायाँबायाँ गरे पनि जनताले छुट दिँदैनन् ।”

उनले तोकेको समयमा एकता हुने बताउँदै नतोकेको दिनमा एकता हुने बताए । “सम्मानजनक ढंगले एकता गर्ने हो, विभेद र अपमानित हुनका लागि होइन,” उनले भने, “समानताको सिद्धान्त र आधारमा, न्यायोचित किसिमले पनि एकता गर्नुपर्ने हुन्छ । जुन दिन भनिएको छैन । त्यहीदिन ड्याम्मै एकता हुन्छ । भनिएको दिनमा हुँदैन । ह्रश्व र दीर्घ, कमा र फुलिष्टपमा झगडा गर्ने मान्छे हौं हामी ।” उनले अहिले एमाले र माओवादीलाई भिडाउने प्रयास जारी रहेको बताउँदै त्यस्ताबाट बच्नुपर्ने धारणा राखे ।

“एमालेलाई सिध्दिन लागेको माओवादीसँग किन एकता गर्नुपर्यो ? भनेका छन्, हामीलाई परिवर्तनकारी शक्ति तिमीहरु हौ किन एमालेसँग एकता गर्नुपर्यो ? भनेका छन् । अहिले एमाले ठुलो छ । हामी अलिकति सानो छौं । साह्रै ठूलो हुन पनि ठिक रहेनछ । सबै हामीले बेहोरिसकेका छौं । हामी ०६४ मा ठूलो पार्टी भएका थियौं । जनताले पछारेपछि सानो हुँदा कस्तो हुन्छ भन्ने पनि हामीलाई थाहा छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता