देउवा चुनावको हार स्वीकारेर अघि बढ्न सक्नुभएनः डा. शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कडा शब्दमा आलोचना गरेका छन्। नेता कोइरालाले ‘निर्वाचनमा पार्टीको नभई व्यक्तिको हार भएको’ भन्ने पार्टी सभापति देउवाको पछिल्लो अभिव्यक्ति आपत्तिजनक र लज्जास्पद भएको बताए।

images_cms-image-000025268

नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा भएको हारलाई समेत स्वीकार गरेर अघि बढन नसकेको भन्दै सभापति देउवाप्रति आक्रोश व्यक्त गरे। 

नेता कोइरालाले इतिहासमा काँग्रेस अहिलेजस्तो कमजोर कहिल्यै नभएको स्वीकार गरेर अघि बढ्न पनि सभापति देउवाको ध्यानाकर्षण गराए।

पार्टी नेतृत्वले गल्ती स्विकार गरेर अघि नबढेसम्म काँग्रेसमा सुधार आउने अवस्था नरहेको नेता कोइरालाको भनाइ छ।

नेता कोइरालाले सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन नेपाल विद्यार्थी संघका नेतृत्वलाई सचेत पनि गराए।

काँगे्रस नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्म ढंगले चलाउन सभापति देउवासँग माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता