April 14, 2018

माओवादी केन्द्रको अप्ठेरो ! दुई सीटमा दश नेताको दावी

 

 

काठमाडौं । माओवादी केन्द्रका केही समान हैसियतका नेताहरुका कारण एकीकृत पार्टीको स्थायी समितिको संख्यामै प्रश्न उठेको छ । एकीकृत पार्टीको स्थायी समिति ३३ सदस्यीय हुने भनेर सांगठनिक कार्यदलले टुंगो लगाएको छ । त्यो अवस्थामा माओवादीका समान हैसियतका नेताहरु अग्नि सापकोटा, पम्फा भूसाल, उर्मिला अर्याल, जनार्दन शर्मा, शक्ति वस्नेत, हितराज पाण्डे, मणि थापा, राम कार्की, गणेश साह, मातृका यादव, लेखराज भट्टलगायतका नेताहरुको हैसियत के हुने भन्ने प्रश्न उठेको छ । 
 ३३ सदस्यीय स्थायी समिति बनेको अवस्थामा माओवादी केन्द्रबाट जम्माजम्मी ११ जना पर्नेछन् किनभने २२ जना एमालेका अहिले नै छन् । माओवादीका ११ जनामध्येमा पनि अहिले नै स्थायी समितिमा पर्नेहरुको सूचीमा माओवादीका पूर्व पदाधिकारी नै छन् । ती पूर्व पदाधिकारीमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा वादल, वादलभन्दा पहिलेका महासचिव कृष्णबहादुर महरा, सचिवहरु टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरिराजमणि पोखरेल कोषाध्यक्ष हरिबोल गजुरेल स्वतः स्थायी समितिमा पर्नेछन् । त्यसमध्ये महरा सभामुख भएकोले पार्टीको जिम्मेवारीमा रहने छैनन् । तर महराको कोटाबाट एकतामा आएका नेकपा संयुक्तका गणेश साहलाई समेटिने चर्चा छ ।

 

त्यसरी हेर्दा अध्यक्ष प्रचण्डसहित ९ जना समेटिनेछन् भने बा“की २ जनामा को को पर्ने भन्ने लडाई अहिले माओवादीमा छ । त्यही २ जनाको कोटामा अहिले १० जनामा माओवादी नेताहरु प्रतिस्पर्धामा छन् । त्यसमध्ये जनार्दन शर्मालाई केपी ओली र प्रचण्ड दुवैको साथ रहेकाले उनी स्थायी समितिमा पर्ने संभावना छ । बाँकी रहेको एक सीटमा प्रवक्ता र महिला भएको हैसियतमा पम्फा भूसालको नाम पनि चर्चामा छ । अरु ८ जना नेता पनि स्थायी समितिमा पर्नुपर्ने दावी गरिरहेका छन् । यही समस्याका कारण पनि प्रचण्ड बराबरी हैसियतमा पार्टी एकताको नारा दिइरहेको माओवादी केन्द्रका नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक