नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षकले लगाए फुली

गृह सचिव प्रेमकुमार राईले नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दज्र्यानी चिह्न लगाइदिएका छन्।

images_cms-image-000045449

गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा गृह सचिव राईले दुवैलाई महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

नेपाल सरकारले मंगलबार दुवै संगठनका महानिरीक्षक चयन गरेको हो। मन्त्रिपरिषद् बैठकले प्रहरीको २६ औं महानिरीक्षकमा सर्वेन्द्र र १० औं महानिरीक्षकमा शैलेन्द्रलाई चयन गरेको हो।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बुधबार बिदा लिएसँगै महानिरीक्षको चार्ज सर्वेन्द्रले लिएका थिए। यस्तै बुधबार नै सशस्त्र महानिरीक्षक सिंहबहादुर श्रेष्ठले शैलेन्द्रलाई जिम्मेबारी बुझाएका थिए।

दुबै संगठनमा ३० वर्षे सेवा हदका कारण महानिरीक्षक पद रिक्त भएको थियो। महानिरीक्षक खनालद्धयले बिहीबार नै आफ्नो संगठनमा पद बहाल गरेका छन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक