March 2, 2018

जीवनसाथी रोज्दा अनुहार हेरेर नरोज्नु : सुवानी मोत्तान

बाह्य लुक्सले प्रभाव पार्दैन

बाह्य लुक्सले फरक पार्दैन । भन्नुको मतलब जीवनसाथीका लागि रोज्नुपर्दा म उसको भित्री गुणमा फोकस हुन्छु । बाह्य रूप क्षणिक र भित्री गुण जीवन्त हुन्छ । मान्छेको व्यावहारिक गुणले नै हो जीवन्त हुने भनेको । बाह्य लुक्स एकदम आकर्षक भएको व्यक्ति देख्दा जोकोहीले हेर्छ, तर आफ्नो लाइफ पार्टनरका रूपमा भने भित्रि गुण नै हेरिन्छ । भनिन्छ नि ‘पुस्तक किन्दा खोल हेरेर नकिन्नु ।’ त्यस्तै हो जीवनसाथी रोज्दा पनि ।

म्याचुअर्ड हुनुपर्छ

मेरो जीवनसाथी व्यवहारले म्याचुअर्ड, जस्तोसुकै अवस्थालाई ह्यान्डल गर्न सक्ने, आफ्नो अडानमा रहन सक्ने हुनुपर्छ । परिपक्वता उमेरले भइन्छ भन्ने होइन । त्यस्तो हुनुभएन । अडिग विचार भएको हुनुपर्छ । मान्छेको बुझाइको दायराले हुने हो । कतिपय १६ वर्षेहरू पनि विचारले सारै परिपक्व हुन्छन्, कतिपयको ५० वर्ष पुग्दा पनि बचपना व्यवहार हुन्छ । मेरो जीवनसाथी व्यावहारिक र गम्भीर हुनुपर्छ ।

जुनसुकै क्षेत्रको हुन सक्छ
म सांगीतिक क्षेत्रमा छु । त्यसैले मेरो पेसा बुझ्ने हुनुपर्छ । यसै क्षेत्रकै हुनुपर्छ भन्ने छैन । यही क्षेत्रको भए हुन्थ्यो भन्ने पनि सोचेकी छैन । कहिलेकाहीँ सोच्दा यही क्षेत्रको भए सहज हुन्छ भन्ने लाग्छ, कहिले अरू क्षेत्रको भए झनै रमाइलो होला कि जस्तो पनि लाग्छ । मलाई बुझ्ने, मेरो फिल्डलाई सम्मान गर्ने हुनुपर्छ ।

जातले फरक पार्दैन
कुनै पनि सम्बन्धमा आवश्यक पर्ने भनेको विश्वास हो । मन मिलेपछि अन्य जात, धर्म, संस्कारले फरक पार्दैन भन्ने लाग्छ । त्यसै पनि म अन्तर्जातीय बुवाआमाको सन्तान हुँ । त्यसले पनि होला मलाई यही जात हुनुपर्छ भन्ने लाग्दैन । तर, कहिलेकाहीँचाहिँ तामाङसँगै विवाह गर्दा कस्तो हुन्छ होला भन्नेजस्ता कुरा मनमा आउँछ ।

कम्प्रमाइज गर्नु जरुरी छैन
आधुनिक जमाना छ । जाँड, रक्सी, चुरोट प्रायः युवा पुस्तामाझ छाएको छ । यो बढ्दो आधुनिकीकरणसँगै पश्चिमा सिनेमाहरूको प्रभाव पनि होलाजस्तो लाग्छ । यो स्वास्थ्यका हिसाबले राम्रो होइन । राम्रो वा नराम्रोभन्दा पनि व्यक्तिको हेराइ र बुझाइमा फरक पर्ने कुरा हो जस्तो लाग्छ । मेरो हुने जीवनसाथीले पिउँदैन भने त झनै राम्रो । तर, पिउँछ भने पनि मेरा लागि छोड भनेर फोर्स गर्दिनँ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले