February 7, 2018

माल्दिभ्स संकटमा भारत र चीन आमने-सामने

 

भारत भन्छ–सेना तयारी अवस्थामा छ, चीन भन्छ–हस्तक्षेप स्वीकार्य हुँदैन

 काठमाडौँ माघ २४


आइतबार माल्दिभ्सको संसद घेर्न पुगेका त्यहाँका सेना

आइतबार माल्दिभ्सको संसद घेर्न पुगेका त्यहाँका सेना
अलजजिरा

माल्दिभ्समा गहिरिंदै गएको राजनीतिक संकटमा भारत र चीन तानिएका छन्। त्यहाँको सर्वोच्च अदालतले गत हप्ता नौजना विपक्षी नेताहरूमाथिको अभियोग खारेज रिहा गर्न आदेश दिए पछि त्यहाँ राजनीतिक संकट चुलिएको हो।

अदालतले पदबाट हटाइएका १२ जना सांसदहरूलाई पुनर्बहाली गर्न आदेश दिए पछि सरकार अल्पमतमा पर्ने अवस्था आए पछि राष्ट्रपति अब्दुल्ला यामीनले संकटकाल लगाएका छन्।

विपक्षीले सैन्य ‘कू’ गरेर सत्तापलट गर्ने प्रयास गर्न लागेको दाबी गर्दै राष्ट्रपति अब्दुल्ला यामीन सरकारले सर्वोच्चका प्रधानन्याधिशसहित दुई बरिष्ठ न्यायधिशलाई गिरप्तार गरेको छ।

संकटकाल घोषणा गर्दै राष्ट्रपति अब्दुल्ला यामीन

संकटकाल घोषणा गर्दै राष्ट्रपति अब्दुल्ला यामीन

उत्पन्न राजनीतिक संकटकोे गतिरोध तोड्न भन्दै पूर्वराष्ट्रपति मोहमद नाशीदले भारतलाई सेना सहितको दूत पठाउन आग्रह गरेपछि भारत र चीन यो मामिलामा आमने-सामने भएका छन्।पूर्वराष्ट्रपति नाशीदको त्यस्तो आग्रह पछि भारतीय सेनाले आवश्यक परेको खण्डमा आफ्ना सैनिकहरु माल्दिभ्समा खटाउनका लागि आफू तयारी अवस्थामा रहेको बताएको छ। भारतीय सेनाका एकजना प्रवक्ताले जस्तोसुकै घटनाक्रमका लागि सेना तयारी अवस्थामा रहेको र तुरुन्तै परिचालित हुन सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ।

तर चीनले भने त्यसलाई अस्वीकार गरेको छ। चीनले माल्दिभ्समा हुने कुनै पनि सैन्य हस्तक्षेपलाई अस्वीकार गर्दै त्यस्तो क्रियाकलापले त्यहाँको अवस्थालाई झन कठिन बनाउने बताएको छ।

बुधवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चेङ सुवाङले माल्दिभ्सको सार्वभौमिकतालाई सम्मान गर्दै अन्तर्राष्ट्रिय समुदायले रचणात्मक भूमिका खेल्नु पर्ने बताए। ‘र्वतमान अवस्थालाई झन जलिट हुने गरि कदम चाल्नुको साटो अन्तर्राष्ट्रिय समुदायले माल्दिभ्सको सार्वभौमिकतालाई सम्मान गर्दै रचणात्मक भूमिका खुल्नुपर्छ,’ उनले भने।

राष्ट्रपति अब्दुल्ला यामीनको कदम विरुद्ध उत्रिएका माल्दिभ्सका प्रदर्शनकारी

राष्ट्रपति अब्दुल्ला यामीनको कदम विरुद्ध उत्रिएका माल्दिभ्सका प्रदर्शनकारी

भारतको नाम उल्लेख नगरी प्रवक्ता सुवाङले त्यहाँ हुने कुनै पनि हस्तक्षेप चीनले अस्वीकार गर्ने बताए। उनले माल्दिभ्स वर्तमान अवस्थाको वुद्धिमतापूर्ण निकास खोज्न सक्षम भएको बताए। माल्दिभ्सको वर्तमान अवस्था उनीहरुको आन्तरिक मामिला भएको भन्दै प्रवक्ता सुवाङले चीनले अरुको मामिलामा अहस्तक्षेपको नीति पच्छ्याउने बताए।

सन् १९८८ मा माल्दिभ्सका तत्कालीन राष्ट्रपति मौमुल अब्दुल गेयूमलाई सत्ताबाट हटाउन गरिएको प्रयासलाई विफल तुल्याउन भारतले आफ्ना सैनिक पठाएर त्यहाँ हस्तक्षेप गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि