यी हुन् कांग्रेसले जित्ने दाबी गरेका ७२ निर्वाचन क्षेत्र

कार्तिक २४,काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभचका लागि ७२ सिट जित्ने दाबी गरेको छ कांग्रेसको आन्तरिक रिपोर्टमा आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कम्तीमा ७२ सिट जित्ने दाबी गरेको हो ।

Nepali-congressपार्टी संगठनले निर्वाचन क्षेत्र र जिल्ला तहबाट पठाएको विवरणका आधारमा कांग्रेसले १६५ निर्वाचन क्षेत्र मध्ये ७२ स्थान जित्ने दाबी गरेको हो । काग्रेसले बनाएको गोप्य दस्तावेज सार्वजनिक भएसँगै यो तथ्य सार्वजनिक भएको हो ।

मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको चुनावमा कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चुनावी चुनावी तालमेल गरेको छ । सँगै उसले संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेको छ । १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १५४ मा कांग्रेसले आफ्ना उम्मेदवार उठाएको छ। जस मध्येबाट ७२ स्थानामा जित्ने दाबी उसको हो ।

कांग्रेसले राप्रपा र प्रजातान्त्रिकलाई केही सिट दिएको छ भने राजपाका संयोजक महन्थ ठाकुरलाई महोत्तरी–३ नम्बर क्षेत्र छोडेको छ। यस्तै, संघीय समाजवादीका नेता अशोक राईका लागि सुनसरी क्षेत्र नम्बर १ मा कांग्रेसले समर्थन गरेको छ । सँगै उसले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईका लागि गोरखा क्षेत्र नम्बर २ मा समर्थन गररेको कांग्रेसले वाम गठबन्धनलाई चुनौती दिने योजना बनाएको छ ।

कांग्रेसको आन्तरिक रिपोर्ट अनुसार काठमाडौं–१, काठमाडौं–३, काठमाडौं–४, काठमाडौं–८ र काठमाडौं १० नम्बर क्षेत्रमा चुनाव जित्ने देखाएको कांग्रेसका एक नेताले जानकारी दिए। उनका अनुसार ललितपुर–१ र ललितपुर क्षेत्र नम्बर ३ तथा भक्तपुर २ मा पनि जित निश्चित भएको आन्तरिक रिपोर्टमा उल्लेख छ ।

सँगै काठमाडौं–२, काठमाडौं–५, काठमाडौं–९, ललितपुर–२ र कास्की–१ लाई सम्भावित जितको सूचीमा राखेको छ। अघिल्लो निर्वाचनमा जितेका ललितपुर–२, काठमाडौं–९ र कास्की १ मा यो पटक पनि कांग्रेसले पुरानै उम्मेदवारलाई उठाएको छ।

एमालेका माधव नेपालले छोडेपछि भएको उपनिर्वाचनमा जितेका दिपक कुइकेललाई नै यो निर्वाचनमा कांग्रेसले काठमाडौं–२ को उम्मेदवार बनाएको छ।कांग्रेसले मोरङ १ र ३, तेह्रथुम, भोजपुर, दाङ–२, कैलाली–१ र बाजुरालाई पनि जित्न सक्ने सम्भावना रहेको सूचीमा राखेको छ।

कांग्रेस चुनावी परिचालन समितिका संयोजक बालकृष्ण खाँणले पनि बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ४५ प्रतिशत सिट जित्ने दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता