अकुत सम्पत्तिमा अख्तियारले एकै पल्ट २०० माथि छानविन थाल्यो, अहिले सम्मकै सबै भन्दा ठुलो छानबिन

५ सचिव, २० सुरक्षा अधिकारी र ४० इन्जिनियर पनि अनुसन्धानको घेरामाAkhtiyar-Durupayog-anusandhan-aayog-750

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा २ सय जना उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको छ । अवकासप्राप्त र वहालवालासहित ठूलो संख्याका उच्च अधिकारीविरुद्ध अख्तियारले अनुसन्धान थालेको हो । सुरक्षा निकाय, सिंचाइँ, खानेपानी, सडक, भौतीक पूर्वाधार तथा यातायात, अर्थ, स्वास्थ्य मन्त्रालय अन्तर्गतका उच्च अधिकारीको सम्पत्ति छानविन थालेको स्रोतले जानकारी दिएको छ ।

अख्तियारको अकुत सम्पत्ति छानविनमा ४० जना इन्जिनियर, २० जना सुरक्षा निकायका उच्च पदस्थ अधिकारी र पाँच जना सचिवसमेत परेका छन् । त्यस्तै, २० जना डाक्टर, विभिन्न सार्वजनिक संस्थानका प्रमुखसमेत अख्तियारको अकुत सम्पत्ति छानविनमा परेका छन् ।

‘अकुत सम्पत्ति छानविन सूचीमा परेका केहीसँग अहिले पनि बयान चलिरहेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘बाँकीलाई पनि वयानका लागि बोलाउने तयारी छ ।’

अख्तियार अन्तर्गतकै ‘इन्टेलिजेन्स एजेन्सी’ले दिएको रिर्पोटका आधारमा छानविन थालिएको हो । अख्तियारले आइतबार मात्र पूर्वप्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सचिव गजेन्द्रकुमार ठाकुर लगायतका चार अधिकारीसँग बयान लिएको थियो ।

अर्थ मन्त्रालय अन्तर्गतको राजश्व न्यायाधिकरण, भन्सार भन्सार कार्यालय, क्षेत्रीय डिभिजन कार्यालय, सडक डिभिजन, स्वास्थ्य, तत्कालिन स्थानीय निकायका अधिकारीहरू पनि छानविनमा परेका अख्तियार स्रोतले बताएको छ ।

यसअघि अख्तियारले अकुत सम्पत्ति आर्जनमा एक हजार पाँच सय सरकारी अधिकारीको नाम छानविनका लागि तयार गरेको थियो । त्यसबाट ‘सर्टलिष्टेड’ गरेर पाँच सय अधिकारीको नाम तयार गरिएको थियो । पाँच सय मध्येबाट पनि दुई सयमाथि छानविन थालिएको हो ।

अख्तियारले ट्रान्सर्फमर खरिद काण्डमा पूर्वमूख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित, र हालका सचिव अर्जुन कार्कीको बयान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ