तराई मधेसमै छठपर्वमा जातीय विभेद !

chhathरौतहट, १०  गते कात्तिक ।  परापूर्वकालदेखि तराई मधेसमा मनाइँदै आइएको  लोकपर्व छठ पछिल्लो समय लोकप्रियता बढेर देशव्यापी बनेको छ । अहिले राजधानी काठमाडाैँ र पोखरामा मात्र नभई कतिपय ठाउँका मुुस्लिम समुुदायले पनि उत्साहका साथ छठपर्व मनाउन थालेका छन् तर तराई मधेसमै छठपर्वमा जातीय विभेद भने कायमै रहेको देखिएको छ ।
सरकारबाट छुुवाछूत अन्त्यको घोषणा भइसकेको अवस्थामा पनि शहरी क्षेत्रबाहेक ग्रामीण स्थानमा भने छठपर्वमा अहिलेसम्म पनि जातीय विभेद कायमै रहेको छ ।
कटहरिया नगरपालिकाको कटहरियागाउँ, बजारटोल, बहादुुरपुुरटोल, टोलापुुरका करिब पाँच सय परिवारका व्रतालुु लालबकैया नदीछेउमा दसकौँदेखि छठीपर्व मनाउँदै आएका छन् ।  परम्पराअनुुसार लगानी सानो ठूलो भए पनि पर्व भन्ने सबैले एउटै ढङ्गबाट मनाउँदै आएका छन् ।
वर्षैभर अथवा सधैँ एकैस्थानमा बस्ने भए पनि छठपर्व मनाउन छुुट्टाछुट्टै ठाउँको प्रयोग गर्ने गरिन्छ ।  पानी नचल्ने भनिएका दलितमध्येका जातजातिको छुुट्टाछुुट्टै मण्डप रहेको छ भने अल्पसङ्ख्यक, पिछडा वर्ग र बहुुसङ्ख्यकको छुुट्टै पर्व मनाउने मण्डप देखिएको छ ।
त्यसैगरी बजारटोलको भने त्यसभन्दा फरक अर्थात् सबै व्रतालुुको एउटै मण्डप रहेको छ ।  संयुुक्त मण्डपमा बजारका व्रतालुु सबै एकैठाउँमा बसेर छठपर्व मनाइरहेका छन् भने दलित र अल्पसङ्ख्यक छुुट्टाछुुट्टै मण्डपमा बसेर पर्व मनाइरहेका छन् ।
कटहरिया–४ चमारटोलका भुुटा महरा चमारका छोरा रामाशङ्कर आफ्ना जातिका व्रतालुुहरू धेरै समय अघिदेखि नै अलग मण्डप बनाएर पर्व मनाउँदै आएकाले सोही परम्परालाई कायम राखेको बताउनुुहुुन्छ ।
दलितमध्येका बिन्दादेवी धनकारले अन्य जातिसँग बसेमा छुुवाछूत हुने भएका कारण आफूहरू थोरै सङ्ख्यामा भए पनि छुुट्टै बसेर पर्व मनाउँदै आएको बताउनुभयो ।
कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुुशवाहा छठपर्व लोकपर्व रहेको र परम्परादेखि सबै जातजाति अलग अलग बसेर मनाइँदै आइएकाले त्यसले कतै न कतै जातीय विभेदलाई झल्काएको स्वीकार्नुहुन्छ ।
पूर्व शहरी विकासमन्त्री प्रभुु साह छठ पर्वमा देखिएको जातीय विभेद क्रमशः शहरबाट हट्दै गएको र आउँदा दिन ग्रामीण भेगबाट त्यो समस्या हट्ने विश्वास व्यक्त गर्नुहुन्छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा