तराई मधेसमै छठपर्वमा जातीय विभेद !

chhathरौतहट, १०  गते कात्तिक ।  परापूर्वकालदेखि तराई मधेसमा मनाइँदै आइएको  लोकपर्व छठ पछिल्लो समय लोकप्रियता बढेर देशव्यापी बनेको छ । अहिले राजधानी काठमाडाैँ र पोखरामा मात्र नभई कतिपय ठाउँका मुुस्लिम समुुदायले पनि उत्साहका साथ छठपर्व मनाउन थालेका छन् तर तराई मधेसमै छठपर्वमा जातीय विभेद भने कायमै रहेको देखिएको छ ।
सरकारबाट छुुवाछूत अन्त्यको घोषणा भइसकेको अवस्थामा पनि शहरी क्षेत्रबाहेक ग्रामीण स्थानमा भने छठपर्वमा अहिलेसम्म पनि जातीय विभेद कायमै रहेको छ ।
कटहरिया नगरपालिकाको कटहरियागाउँ, बजारटोल, बहादुुरपुुरटोल, टोलापुुरका करिब पाँच सय परिवारका व्रतालुु लालबकैया नदीछेउमा दसकौँदेखि छठीपर्व मनाउँदै आएका छन् ।  परम्पराअनुुसार लगानी सानो ठूलो भए पनि पर्व भन्ने सबैले एउटै ढङ्गबाट मनाउँदै आएका छन् ।
वर्षैभर अथवा सधैँ एकैस्थानमा बस्ने भए पनि छठपर्व मनाउन छुुट्टाछुट्टै ठाउँको प्रयोग गर्ने गरिन्छ ।  पानी नचल्ने भनिएका दलितमध्येका जातजातिको छुुट्टाछुुट्टै मण्डप रहेको छ भने अल्पसङ्ख्यक, पिछडा वर्ग र बहुुसङ्ख्यकको छुुट्टै पर्व मनाउने मण्डप देखिएको छ ।
त्यसैगरी बजारटोलको भने त्यसभन्दा फरक अर्थात् सबै व्रतालुुको एउटै मण्डप रहेको छ ।  संयुुक्त मण्डपमा बजारका व्रतालुु सबै एकैठाउँमा बसेर छठपर्व मनाइरहेका छन् भने दलित र अल्पसङ्ख्यक छुुट्टाछुुट्टै मण्डपमा बसेर पर्व मनाइरहेका छन् ।
कटहरिया–४ चमारटोलका भुुटा महरा चमारका छोरा रामाशङ्कर आफ्ना जातिका व्रतालुुहरू धेरै समय अघिदेखि नै अलग मण्डप बनाएर पर्व मनाउँदै आएकाले सोही परम्परालाई कायम राखेको बताउनुुहुुन्छ ।
दलितमध्येका बिन्दादेवी धनकारले अन्य जातिसँग बसेमा छुुवाछूत हुने भएका कारण आफूहरू थोरै सङ्ख्यामा भए पनि छुुट्टै बसेर पर्व मनाउँदै आएको बताउनुभयो ।
कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुुशवाहा छठपर्व लोकपर्व रहेको र परम्परादेखि सबै जातजाति अलग अलग बसेर मनाइँदै आइएकाले त्यसले कतै न कतै जातीय विभेदलाई झल्काएको स्वीकार्नुहुन्छ ।
पूर्व शहरी विकासमन्त्री प्रभुु साह छठ पर्वमा देखिएको जातीय विभेद क्रमशः शहरबाट हट्दै गएको र आउँदा दिन ग्रामीण भेगबाट त्यो समस्या हट्ने विश्वास व्यक्त गर्नुहुन्छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।