३ कात्तिक, कैलाली : धनगढीको मेनरोडमा रहेको भट्टराई प्लास्टिक सोरुममा बिहीबार राति भएको आगलागीबाट करिव ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बिहीबार राति साढे ७ बजेबाट सुरु भएको आगो ९ बजे पूर्ण नियन्त्रणमा आएको थियो । प्लास्टिकका सामान आगोले छिट्टै पिप्ने भएकाले धेरै क्षति भएको बताइएको छ ।
आगो निभाउन धनगढी उपमहानगरपालिकाको २ र गोदावरी नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीको प्रयासले आगो नियन्त्रणमा आएको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड लगायत घटनास्थल पुगेर आगो निभाउने प्रयासमा सहभागी भएका थिए ।
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ