१५ भदौ, काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले १४ किलो सुनसहित सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-१ का पेम्वा दोर्जे शेर्पालाई सामासुशीबाट पक्राउ गरेको छ ।
तातोपानी र केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म पुर्याउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखा नगरपालिका-११, सामाखुशीस्थित शेर्पाको डेरा खानतलासी गर्दा दराजमा लुकाएको १४ किलो अवैध सुन बरामत गरिएको सीआईबीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
साथै उनको समूहले भारतमा पैठारी गर्न लागेको १ केजी सुनसहित ४ जनालाई धनुषाबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका व्यक्तिहरुमा भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, ३४ वर्षीय राजेन्द्र खत्री र ३४ वर्षीय रविन खत्री छन् । त्यस्तै काठमाडौं, बानेश्वरका ३९ वर्षीय सरोज थापा, काभ्रे पाँचखालका ३८ वर्षीय बिष्णु गौतम र धनुषा जनकपुरका ३८ वर्षीय दीपककुमार साह छन् ।
२०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक