काठमाडौँ, ३२ साउन – राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भेट गर्नुभयो ।
अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपतिले उद्धार तथा राहतका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न र त्यस निम्ति स्काउट, राष्ट्रिय सेवा दल, सामुदायिक संघसंस्था र निजी क्षेत्रलाई परिचालन गर्न आग्रह गर्नुभयो ।
साथै राष्ट्रपतिले विपद् व्यवस्थापनका लागि तत्कालीन एवं दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिँदै भविष्यमा यस्ता प्राकृतिक विपत्तिका बेला सजग र सर्तक रहन आवश्यक पर्ने उपाय अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाउनुभएको थियो । रासस
काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।
काठमाडौँ, माघ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका
२०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले