अपांगता अधिकार ऐन २०७२ पारित गर्न अनुरोध

काठमाडौं । अपांगता क्षेत्रका अभियन्ताहरूले अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७२ लाई छिटो पारित गर्न माग गरेका छन् । क्रान्तिकारी अपांग संघको नेतृत्वमा नेकपा एमाओवादीका तर्फबाट नवनियुक्त महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोईरालासँग भेटका क्रममा सो माग गरेका हुन् ।Disability Bill MTG 1

लामो समयदेखि विधेयकको सबै प्रकृया पुरा भई संसदमा सम्बन्धित मन्त्रीबाट टेवुल गरि पारित गर्न मात्र बाी रहेको अवस्थाको अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७२ लाई छिटो पारित गर्न अनुरोध संघले आग्रह गरेको छ ।

यसै गरि  महिला बालबालिका तथ समाज कल्याण मन्त्रालयमा हेल्प डेस्क सञ्चालन गर्न र ७ वटै प्रदेशमा अपांगता पुनर्थापना केन्द्र स्थापना गरि द्वन्द्वबाट प्रभावित अपांगता भएका व्यक्तिहरुसहितका अपांगता भएका व्यक्तिहरुको शारीरिक पुनर्थापना र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।

भेटका क्रममा अपांगता क्षेत्रका प्रतिनिधिहरूले ऐन छिटो  पारित नहुँदा अपांगता भएका व्यक्तिहरुका अधिकारहरु संरक्षित हुन नसकेको गैर अपांगता (अपांगता नभएका) ब्यक्तिहरुले फाईदा पाउने गरेको, अपांगतामा पनि सवैभन्दा संवेशनशिल अपागताले पहिचान पाउन नसकेको कारणले आफूहरू अन्यायमा परेको जनाएका थिए ।

नवनियुक्त महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोईरालाले  यस विधेयकलाई मन्त्रालयको पहिलो प्राथमिकतामा राखी छिटो भन्दा छिटो पारित गर्ने  प्रतिवद्धता ब्यक्त गर्नु भयो  ।

सो कार्यक्रममा पूर्वसभासद ईन्द्रमाया गुरुङ क्रान्तिकारी, अपांग संघका संयोजक टेकनाथ न्यौपाने, क्रान्तिकारी संघ विद्यार्थी प्रमुख टिकाराम पराजुली, जनक्रान्तिका घाईते तथा अपांग योद्दा संघका केन्द्रिय सदस्य राम कार्की (विमल) र क्रान्तिकारी अपांग संघका अन्य पदाधिकारी तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ