रातमा किन निस्किन्छ यिनको आँखाबाट रगतको आँशु ?

रातमा रगतको आँशु चुहाउने भनेपछि कुनै भुतकथाको सम्झना आउँछ । तर एकजना महिलाको हकमा भने यो कुनै कथा होइन, जीवनको दुखद यथार्थ बनिरहेको छ । ती महिलाले रातको दुई बजेदेखि बिहान ५ बजेसम्म रगतको आँशु चुहाउँछिन् ।

lini

हवाई न्यूज नाउका अनुसार सुरुवातमा यी महिलाको हात तथा खुट्टामा रातो धब्बा आएका थिए । त्यसपछि उनका जोर्नीहरु दुख्न थाले । केही दिनपछि उनको ओठ फुटेर रगत बग्न थाल्यो । समस्या बढ्दै गयो र अन्ततः उनको आँखाबाटै रगत बग्न थालेको छ ।

 

अमेरिकाको हवाईमा बस्ने यी महिलाको नाम लिनी इकेदा हो । उनले झण्डै ३० जना डाक्टरलार्य उपचार गराइसकेकी छिन् तर समस्या कम भएको छैन । उनको रोगलाई गार्डनर डायमन्ड सिन्ड्रोम भनिन्छ ।

लिनीकी आमा रातमा उनीसँगै सुत्ने गर्छिन् । कतै उनको आँखाबाट रगतका आँशु बगेका छन् कि छैनन् भनेर बारम्बार हेर्ने गर्छिन् ।

परिवारले साथ दिँदा आफ्नो आत्मविश्वास बढेको उनी बताउँछिन् । आँखाबाट रगत बग्दा आफुलाई दुखाइ महसुस नहुने भएप्नि आँखा सुन्निने र केही जलन महसुस हुने लिनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी