एयरपोर्ट जस्तै आर्यघाट, नाम छ ‘अन्तिम उडान मोक्ष यात्रा’

भारतमा एउटा यस्तो आर्यघाट छ जुन एयरपोर्टकै स्वरुपमा बनाइएको छ । उक्त आर्यघाटको नाम पनि अनौठो छ  अन्तिम उडान मोक्ष यात्रा ।

mirtu

आर्यघाटको नाम सुन्दैमा सबैलाई झसंग हुन्छ । त्यहीँ डरलाई हटाउने कोसिस गरेका छन् भारत गुजराँतका सोमाभाइ पटेलले ।

 

उनले आफ्नो गृहराज्य गुजराँतको बारडोलीमा अनौठो आर्यघाटको निर्माण गरेका छन् ।

यो दुरुस्तै विमानस्थल जस्तो छ नाम पनि अन्तिम उडान मोक्ष यात्रा राखिएको छ । भारतमा यस्तो नाम र स्वरुपको यो एक्लो आर्यघाट हो ।

यो आर्यघाटमा हवाइ जहाजको स्वरुपका दुई विशाल मूर्ति राखिएको छ । जसको नाम हो मोक्ष एयरलाइन्स र स्वर्ग एयरलाइन्स ।

यो आर्यघाटको सबैभन्दा अनौठो कुरा के भने जब यहाँ अन्तिम संस्कार लागि शव पूराइन्छ तब एयरपोर्टको तर्फबाट त्यसको सूचना जारी गरिन्छ । कुन गेटबाट प्रवेश गर्ने भन्ने जानकारी दिइन्छ ।

यस आर्यघाटमा मृतकका परिवारजनलाई सान्त्वना दिन तथा ढाडस दिनका लागि समेत व्इवस्था गरिएको छ । आर्यघाट प्रवेशदेखि शवलाई जलाउने ठाउँसम्म पूराउने प्रक्रिया विमानस्थलमा प्रवेश देखि उडान सम्मको प्रक्रियाकै रुपमा हुन्छ ।

यो आर्यघाटमा पाँच वटा चितास्थल छन् । जसमा दुईवटा विद्युतीय शवदाह र दुईवटा दाउरा शवदाह । शवदाह भैरहेको बेला समेत हवाइजहाजको जस्तै आवाज निकालिन्छ । यो आर्यघाटमा करीब ४० गाउँका मानिसहरु अन्तिम संस्कारका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी