एमालेसँग सहकार्यमा आउ  माओवादी:ओली

३ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने हो भने एमालेसँग सहकार्यमा आउन माओवादी केन्द्रलाई आग्रह गरेका छन् । उनले कांग्रेसको सति गएर माओवादीले कहिल्यै चुनाव जित्न नसक्ने समेत बताए ।वैदेशिक रोजगार व्यसायी संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीलाई आफ्नै निवासमा बधाई तथा शुभकामना दिँदै ओलीले अब नेपालमा लोकतन्त्रको नेतृत्व बामपन्थी आन्दोलनले मात्र गर्न सक्ने बताए । त्यसको नेतृत्व एमालेले गर्ने भन्दै ओलीले चुनाव जित्ने हो भने सहकार्य गर्न माओवादीलाई आग्रह गरे ।KP-Oli-Bairo

बैदेशिक रोजगार व्यवसायी संघमा एमालेको नेतृत्वमा माओवादी सहितको बामपन्थी प्यानलले जितेको सन्दर्भमा ओलीले एमालेसँग सहकार्य गरेका ठाउँमा कोही पनि नहार्ने बताए । ओलीले भने, ‘म एक-दुई दिनमै माओवादीका नेता साथीहरुलाई भन्नेवाला छु, आजको यथार्थ र भोलिको सम्भावना बताउनेवाला छु । सति गएर चुनाव जितिन्न । चुनाव जित्नुपर्छ भने एमालेसँग सहकार्य गर्नुस् भन्नेवावला छु साथीहरुलाई ।’

लोकतन्त्रको रक्षा अब वामपन्थीको काँधमा

ओलीले कांग्रेसबाट लोकतन्त्रको रक्षा हुन नसक्ने दाबी गरे । स्वतन्त्र न्यायपालिका, जनताको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताविरुद्ध कांग्रेस खुलेआम बिदेशीको मतियार भएको भन्दै उनले लोकतन्त्रको रक्षा वामपन्थी आन्दोलनबाट मात्र सम्भव हुने ओलीले बताए ।

उनले कांग्रेसले स्थानीय तहको चुनावमा पाएको मत र सिट संख्याले आफू आश्चर्यमा परेको बताए । उनले भने, ‘एमाले पहिलो पार्टी हुनु त स्वभाविक नै थियो । तर, यस्तो सडिसकेको कांग्रेसले कसरी यति धेरै मत पायो ? हामीले जनतालाई अझै भ्रम चिर्न सकेका रहेनछौं । अब हाम्रो ध्यान त्यसतर्फ केन्दि्रत हुनुपर्छ ।’

नेपालका केही कथित बुद्धिजिवीहरु कांग्रेसले जे गरे पनि लोकतान्त्रिक हुने र वामपन्थीहरुले गरेका हरेक काम अलोकतान्त्रिक देख्ने रोगबाट ग्रस्त रहेको बताए । ‘केही बुद्धिजिवी र त्यस्ता व्यक्तिहरु अहिले कांग्रेसले हारेकोमा ग्वाँग्वाँ डाँको छाडेर रुँदै लोकतन्त्र हार्‍यो भन्दैछन्’ एमाले अध्यक्ष ओलीले भने, ‘खासमा कांग्रैसबाट अब लोकतन्त्र, शान्ति, सम्बृद्धि र समानताको रक्षा हुन सक्दैन ।’

२०७४ साल एमालेमय

ओलीले एमालेले जहाँ चुनाव लड्छ त्यहाँ जित्नै पर्ने बताए । उनले वैदेशिक रोजगार संघमा ३ सदस्य कांग्रेसले जितेकोमा अशन्तुष्टि जनाए ।
ओलीले भने-३ सिट पनि अरुले जित्नुपर्ने कारण छैन । तपाईहरु अब राम्रो काम गरेर अर्को पटक भरसक उनीहरुले उम्मेदवार नै नपाउने अवस्था सिर्जना गर्नुस् ।’

हरेक पेशागत तथा सामुदायिक संगठनहरुमा पनि एमालेनै जित्नुपर्ने भन्दै ओलीले एमालेसँग सहकार्य गर्नेहरुलाई पनि जिताउनुपर्ने बताए । ‘जहाँ एमाले सरिक हुन्छ त्यो ठाउँमा जित्नुपर्छ’ उनले भने, ‘एमाले मैदानमा छ भनेपछि त्यो मैदान एमालेको हो, त्यहाँ एमालेले जित्नुपर्छ । एमाले जोसँग सहकार्य गर्छ, त्यसले जित्नुपर्छ ।’

उनले अघि भने, मैले भन्ने गरेको छु, २०७४ साल, एमालेमय नेपाल ।’

कार्यक्रममा ओलीले वैदेशिक रोजगार ऐन समयानुकुल संशोधन गराउन आफूले पहल गर्ने बताए । नवनिर्वाचित अध्यक्ष रोहन गुरुङले ब्यवसायीका समस्या सुनाएका थिए । एमालेका वैदेशिक रोजगार बिभाग इन्चार्ज प्रकाश ज्वालाले चुनावको समिक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता