उपत्यकाको सडक भत्काउने पालो विद्युत् प्राधिकरणको

underground-cable_pPkzp8E7BI

असार २२, २०७४ ,उपत्यकाका सडक अब नेपाल विद्युत् प्राधिकरणले भत्काउने भएको छ । प्रसारण लाइन भूमिगत गर्न प्राधिकरणले सडक भत्काउन लागेको हो । तर, मूल सडक नभएर पेटी मात्रै भत्काएर विद्युत् लाइन भूमिगत गरिने प्राधिकरणले जनाएको ।प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगन्जआसपासका सडक भत्काइनेछ । मेलम्ची खानेपानी आयोजनाको जसरी मूल सडक नभत्काइने उनले बताए ।

-विद्युत् लाइन भूमिगत गर्ने योजनाका लागि एसियाली विकास बैंकले १५ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

-प्राधिकरणका अनुसार भूमिगत हुने प्रसारण लाइनमा जिपिएस प्रविधि जडान गरिनेछ । अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सी पनि जडान गरिनेछ । त्यसले प्रसारण लाइनको अवस्थिति मात्र नभई तार ठीक भए–नभएको सूचनासमेत संकलन गर्नेछ । सँगै, ग्राहकका घरमा जोडिने सबै मिटर ‘स्मार्ट मिटर’ हुनेछन् । स्मार्ट मिटरले ग्राहकको घरमा खपत हुने विद्युत्को परिमाणसँगै महसुल तिरे–नतिरेको सूचनासमेत केन्द्रलाई दिनेछ । 

-उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार ग्राहक छन् । पहिलो चरणमा २५ प्रतिशत प्रसारण लाइन भूमिगत गरिनेछ । जसअनुसार ९० हजार ग्राहकका घरमा जोडिने विद्युत् लाइन भूमिगत हुनेछ । एक वर्षभित्र प्राधिकरणले यो काम सम्पन्न गर्ने योजना बनाएको छ । 

-पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’अन्तर्गत रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट जोडिएका लाइन भूमिगत गरिनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ