यसरी हुँदैछ रोल्पामा प्रचण्डसँग विप्लवको वारपार

 

रोल्पा– स्थानीय निर्वाचन खारेजी अभियानमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो जननी मान्ने थबाङमा गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको खबरले तरङ्ग ल्याएको छ । दलबलसहित काङ्ग्रेससँग संयुक्त रुपमा गाउँपालिका प्रमुखदेखि वडा अध्यक्ष र सदस्यहरुमा उम्मेदवारी दर्ता गरेका आफ्ना कार्यकर्ताहरुलाई नेकपाले ‘दलाल संसदीय व्यवस्थाको पक्षपाति’ घोषणा गरेको कुराले तरङ्ग झनै थपेको छ ।
जलजला पहाड सेरोफेरोका साविकका तीन गाविसलाई मिलाएर बनाइएको जिल्लाकै सानो गाउँपालिका थबाङमा प्रमुखमा काङ्ग्रेसको सहयोगमा र पालिकाका पाँच मध्ये चार वडामा अध्यक्ष र सदस्यसम्मको स्वतन्त्र प्यानल बनाएर नेकपा स्थानीय निर्वाचनमा होमिएको छ । एउटा वडा अध्यक्षमा नेकपा र एमाले दुवैले काङ्ग्रेसलाई सघाएका छन् । उनीहरु सबैलाई नेकपाको जिल्ला कमिटीले दलाल घोषणा गरेको छ ।
थबाङ गाउँपालिकामा माओवादी केन्द्रबाट वीरबहादुर घर्ती, नेकपा–काङ्ग्रेस गठबन्धनबाट नेकपाका अमित घर्ती र एमालेका हितबहादुर रोका मैदानमा उत्रिएका छन् । उपप्रमुखमा माओवादीबाट रामकिरिणी रोका, नेकपा–काङ्ग्रेस गठबन्धनबाट श्रीकुमारी रोका र एमालेबाट जाना रोका छिन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार दिएका भक्तबहादुर घर्तीले भने उम्मेदवारी फिर्ता लिए ।  
रोचक र विशेष महत्व राख्ने कुरा त के छ भने थबाङमा माओवादी केन्द्र, काङ्ग्रेस र एमालेले आ–आफ्नो चुनाव चिन्ह अंकित टिशर्ट, टोपी लगाएर भोट मागिरहेका छन्, भने नेकपाका कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवारीमा ‘एकीकृत जनक्रान्ति’ लेखिएको टिशर्ट लगाएर मतदातासँग भोट मागिरहेका छन् । थबाङमै महाधिवेशन गरेर एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको नेकपाले स्थानीय निर्वाचनमा सहभागी थबाङका आफ्ना कार्यकर्तालाई दलाल घोषणा गर्नु र पार्टीबाटै दलाल घोषणा गरिमाग्दा पनि कार्यकर्ताहरुले एकीकृत जनक्रान्ति लेखिएको टिसर्ट लगाएर भोट माग्दै हिँड्नुलाई संयोग मात्रै मान्ने कमै छन् ।
नेकपाका कार्यकर्ताले थबाङ गाउँपालिकामा स्थानीय निर्वाचनमा भाग लिएको देश विदेशमा चर्चा भइरहँदा रोल्पाको वास्तविकता यस्तो छ की, धेरै स्थानमा नेकपाका कार्यकर्ताले निर्वाचनमा भाग लिएका छन् । त्यसमा कतै काङ्ग्रेसको चिन्ह लिएर त कतै स्वतन्त्र चिन्हमा निर्वाचनमा भाग लिएको कुरा हिजो आज टोलटोलमा चर्चाको विषय बनेको छ ।

 

कसरी लियो नेकपाले निर्वाचनमा भाग ?
स्थानीय तहको पुनर्संरचनाको प्रारम्भिक प्रस्तावमा थबाङ केन्द्र थिएन । थबाङ जनताले सदरमुकाममा आएर धर्ना दिए, संघर्ष गरे । र, थबाङ केन्द्र हुने गरी साविकका उवा र मिरुल गाविस मिसाएर गाउँपालिका बन्यो । त्यो संघर्षमा थबाङ्गी एकढिक्का थिए । नेतृत्व नेकपाका नेता जयप्रकाश रोका ‘प्रताप’ले गरेका थिए । जयप्रकाश थबाङमा नेकपाको नेतृत्व गर्छन्, बलियो प्रभाव राख्छन् ।

आफ्नै संघर्षबाट प्राप्त थबाङ गाउँपालिकाको निर्वाचित प्रतिनिधि चयनका लागि जब निर्वाचन प्रक्रिया सुरु भयो, नेकपाका थबाङका कार्यकर्ता दोधारमा परे । आफैले संघर्ष गरेर ल्याएको गाउँपालिकाको नेतृत्वमा आफै निर्वाचित भएर नेतृत्व गर्ने वा पार्टीले लिएको खारेजीको लाईनमा उभिएर आगामी पाँच वर्षका लागि नेतृत्व गुमाएर बस्ने ।

सन्तोष बुढा यसैबीचमा थबाङ पुगे । उनले उम्मेदवारी दिनु पार्टीको लाईन विपरित हुने घोषणा गरिदिए । पाका नेता जयप्रकाश रोकाले पनि सन्तोषलाई नै साथ दिए । नेकपाका पाका र युवा नेताहरुबीच ध्रुवीकृत भयो –पाका बहिस्कार गर्नुपर्ने र युवा उपयोग गर्नुपर्नेमा उभिए ।

पार्टी नेतृत्व विशेषगरी थबाङ निवासी नेकपाका पोलिट्व्यूरो सदस्य सन्तोष बुढाको स्थानीय तहको निर्वाचन खारेज गर्नुपर्ने निरन्तरको निर्देशन, निर्वाचनलाई उपयोग गरेर आफ्नो नीति कार्यक्रम लागू गर्नुपर्छ भन्ने स्थानीय कार्यकर्ता र जनताको भावनाबीच नेकपाका कार्यकर्ताहरुले एउटा मध्यमार्गी बाटो निकाले–नेकपा माओवादी केन्द्रभित्रैबाटै स्वतन्त्र उम्मेदवारी सार्ने र भोट दिएर जिताउने । त्यसो हुँदा देखिदा स्वतन्त्र उम्मेदवार देखिने, तर विजयी गराएपछि आफू अनुकुल गाउँपालिका चलाउन सकिने उनीहरुले निष्कर्ष निकाले ।

लामो समयपछि केही महिना अघि थबाङ प्रवेश गरेको काङ्ग्रेस त्यहाँ स्पेश बनाउन खोजिरहेको थियो । उसलाई पनि अनुकुल परिस्थिति यहीँ थियो । र, काङ्ग्रेसका जिल्ला सभापति अमरसिंह पुनका प्रतिनिधि र नेकपाका थबाङका नेताबीच छलफल अगाडि बढ्यो । माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष ऋषिकेश बुढा थबाङमै थिए र उनैलाई गाउँपालिका प्रमुखमा अगाडि सर्न नेकपाले निरन्तर अनुरोध र दबाब दिन थाल्यो । उनी पनि केहीं सकारात्मक देखिए । नेकपा, काङ्ग्रेस र ऋषिकेशबीच एउटा अनौपचारिक सहमति भयो, ऋषीकेशले गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार दिने, नेकपाले अघोषित र काङ्ग्रेसले घोषित रुपमा उनैलाई सघाउने ।

तर, ऋषिकेशको खुट्टाको पूराना घाउ बल्झियो, उनी आफ्नो पार्टीको नेतृत्वसँग निरन्तर छलफलमा रहे । र, उपचारका लागि मनोनयन दर्ताको ४ दिनअघिमात्रै काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भए । उनको खुट्टाको शल्यक्रिया भयो । शल्यक्रियाका कारण असशक्तता र पार्टी नेतृत्वसँगको छलफलपछि ऋषिकेशले स्वतन्त्र उम्मेदारी नदिने निश्चित भयो ।

यो कुरो नेकपाका नेतृत्वले उम्मेदवारी दर्ता गर्नुभन्दा दुई दिनअघिमात्रै थाहा पाए । त्यसपछि उनीहरु निकै अलमलमा परे । एउटा पक्षले थबाङको नेतृत्व गरिरहेका जयप्रकाश रोकालाई नै स्वतन्त्र उम्मेदवारी दिन प्रस्ताव ग¥यो । तर, उनले अस्वीकार गरे । सन्तोष बुढा यसैबीचमा थबाङ पुगे । उनले उम्मेदवारी दिनु पार्टीको लाईन विपरित हुने घोषणा गरिदिए । पाका नेता जयप्रकाश रोकाले पनि सन्तोषलाई नै साथ दिए । नेकपाका पाका र युवा नेताहरुबीच ध्रुवीकृत भयो –पाका बहिस्कार गर्नुपर्ने र युवा उपयोग गर्नुपर्नेमा उभिए ।

युवाहरु अमित घर्ती, अजय घर्ती, उदय घर्तीलगायत निर्वाचन उपयोग गर्नेमा अडानमा रहे । अजय थबाङका संस्थापक नेता तत्कालीन माओवादीका केन्द्रीय सल्लाहकार सहिद तेजबहादुर घर्ती ‘दीर्घ’ छोरा हुन् । उनीहरुले ऋषिकेश पछि हटेपछि आफूहरु मध्यबाटै कसैले उम्मेदवारी दिने छलफल थाले ।

४ असारमा उम्मेदवारी दर्ताको अपरान्हसम्म नेकपाबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लगाउन सकेनन् । निर्वाचन उपयोग गर्नुपर्ने नेकपाका युवाहरुको अडानका कारण पाकाहरु पनि युवाहरुकै लाईनमा उभिए । र, नेकपाले स्वतन्त्रबाट प्रमुख र काङ्ग्रेसले उपप्रमुखमा उम्मेदवारी दर्ता गर्ने सैद्धान्तिक सहमति त भयो । तर, काङ्ग्रेसले अडान लियो, रुख चिन्हबाट चुनाव लड्नुपर्छ । नेकपाले प्रस्ताव ग¥यो, हामी रुखबाट होइन काङ्ग्रेस पनि स्वतन्त्र चिन्हबाट लड्नुपर्छ । चिन्हको बारेमा नेकपा र काङ्ग्रेस छलफल गर्दैगर्दा उवा निवासी नेकपाका साधारण सदस्य भक्तबहादुर घर्तीले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गरे ।

लामो छलफलपछि नेकपा र काङ्ग्रेसबीच प्रमुखमा नेकपाका कार्यकर्ता स्वतन्त्रबाट र उपप्रमुखबाट काङ्ग्रेसको तर्फबाट रुख चिन्हबाट निर्वाचनमा लड्ने र एकले अर्कालाई सहयोग गर्ने सहमति भयो । नेकपाले स्थानीय युवा अमित घर्तीलाई स्वतन्त्र उम्मेदवार घोषणा ग¥यो । काङ्ग्रेसले उपप्रमुखमा उवाकी श्रीकुमारी रोकालाई घोषणा गरिसकेकोले सहमतिपछि नेकपा र काङ्ग्रेसका कार्यकर्ता समर्थकहरु संयुक्त रुपमा निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गरे । र, थबाङमा नेकपा र काङ्ग्रेसको गठबन्धन बन्यो । अन्तिमसम्म निर्वाचन बहिस्कारको पक्षमा रहेका नेता सन्तोष बुढा त उम्मेदवारी दर्ताको ¥यालीमा देखिएनन्, तर जयप्रकाश रोका भने सक्रिय रुपमा लागे ।

वडामा पनि नेकपाका उम्मेदवार

नेकपाले गाउँपालिका प्रमुखमा काङ्ग्रेसको सहयोगमा स्वतन्त्र उम्मेदवार दर्ता गरे पनि वडामा भने एक्लो प्यानल खडा गरेको छ । साविक थबाङ गाविसमा पर्ने वडा नं. १ मा फर्कबहादुर बुढामगर, २ मा लिलाराम रोकामगर, साविक उवा गाविसमा पर्ने ४ नं. वडामा हिम्मत घर्तीमगर र ५ नं. वडामा ढुकमान रोकामगरले अध्यक्षको उम्मेदवारी दिएका छन् । वडा नं. १ मा काङ्ग्रेसको सहयोग लिएको नेकपाले वडा नं. ३ मिरुलको अध्यक्षमा काङ्ग्रेसलाई सहयोग गरेको छ ।

थबाङका नेकपाका कार्यकर्ताहरुको पछिल्लो निष्कर्ष हो, स्थानीय तहको निर्वाचन संसदीय निर्वाचन होइन । यो स्थानीय जनप्रतिनिधि चुनेर आफ्नो शासन आफै गर्ने निर्वाचन हो । संसदवाद र संसदीय निर्वाचनको बहिस्कार गर्ने, तर स्थानीय तह संसदीय नभएकोले उपयोग गर्नुपर्ने निष्कर्षले पनि ऊ निर्वाचनमा सहभागी भएको हुनुपर्छ ।

निर्वाचनमा सहभागी हुनुको ६ कारण

१) पाकाहरुमाथि युवाहरुको जीत

थबाङमा नेकपाका पाका नेताहरु अन्तिसम्म निर्वाचन बहिस्कारको पक्षमा थिए । तर युवाहरु निर्वाचन उपयोग गर्दामात्रै थबाङ र थबाङ्गीको भलो हुने निष्कर्षका साथ अडानबाट तल झरेनन् । अमित घर्ती, अजय घर्ती, उदय घर्तीलगायत युवाहरुलाई सन्तोष बुढा, जयप्रकाश रोकाहरुले निर्वाचनमा सहभागीता पार्टी लाईन विपरित हुने भन्दै निरन्तर सम्झाए, तर युवाहरु कन्भिन्स भएनन् । बरु आफ्नो निर्णय लागू गर्दै निर्वाचनमा सहभागी हुने निर्णय गराए । पाकाहरुमाथि युवाहरु विजयी हुनुले नै थबाङमा नेकपा निर्वाचनमा सहभागी भएको हो ।

२) स्वामित्व ग्रहण

नेकपा नेतृत्वमा भएको संघर्षबाट नै थबाङ गाउँपालिका बनेको हो । थबाङ केन्द्र हुने गरी अलग्गै गाउँपालिकाका लागि थबाङमा रहेका नेकपा र माओवादी केन्द्रका कार्यकर्ताहरुले लिबाङ पुगेर संयुक्त आन्दोलन गरे । र, सफल भयो । आफैले संघर्ष गरेर बनेको गाउँपालिका प्रमुखमा आफै निर्वाचित भएर नीति कार्यक्रम लागू गर्ने र स्वामित्व ग्रहण गर्नका लागि नेकपाले उम्मेदवारी दिएको हुन सक्छ ।

३) स्थानीय जनताको निर्वाचन चाहना

निर्वाचन बहिस्कार वा एक छापे मतदान थबाङको चिनारी बनेको छ । तर, निर्वाचन बहिस्कार गर्दा मूलधारबाट पछि पर्ने र राजनीतिक, आर्थिक, सामाजिक अधिकार र पहुँचबाट बाहिर पर्ने थबाङका युवा जमातको नयाँ निष्कर्ष छ । जनता पनि त्यहीं चाहान्छन् । निर्वाचनमा सहभागी हुने र आफ्नो मतको प्रयोग गर्न पाउनुपर्ने जनचाहानाले पनि नेकपा निर्वाचनमा सहभागी भएको हुन सक्छ ।

४) यो संसदीय चुनाव होइन

थबाङका नेकपाका कार्यकर्ताहरुको पछिल्लो निष्कर्ष हो, स्थानीय तहको निर्वाचन संसदीय निर्वाचन होइन । यो स्थानीय जनप्रतिनिधि चुनेर आफ्नो शासन आफै गर्ने निर्वाचन हो । संसदवाद र संसदीय निर्वाचनको बहिस्कार गर्ने, तर स्थानीय तह संसदीय नभएकोले उपयोग गर्नुपर्ने निष्कर्षले पनि ऊ निर्वाचनमा सहभागी भएको हुनुपर्छ ।

५) माओवादीको प्रभाव रोक्न

केही महिना अगाडि माओवादी केन्द्र रोल्पाले पार्टी सदस्यता वितरण र नवीकरण अभियान चलायो । त्यसमा थबाङका माओवादी कार्यकर्तालाई त्यहाँ २५० जना सदस्य बनाउनुपर्ने कोटा दियो । जिल्ला पार्टीको बैठकमा कतिपय नेताहरुलाई लाग्यो ‘थबाङमा कसरी २५० सदस्य पुग्छन् ?’ तर तीन महिनापछि थबाङका माओवादी केन्द्रका नेताहरु जिल्ला पार्टी कार्यालयमा ४२० जनाले सदस्यता भरेको विवरण पेश गरे । यसबाट थबाङमा माओवादी केन्द्रका प्रभाव बढ्दै गएको देखिन्छ । खासगरी त्यहाँका शिक्षक, बुद्धिजिवि, व्यसायी र युवाहरुमार्फत माओवादी केन्द्रले आफ्नो संगठन विस्तार गर्दै लगेको छ ।

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र खुलेरै लाग्यो । निर्वाचनअघि माओवादीले थबाङमा चालेको निर्वाचन गतिविधि माओवादी स्वयम्को अपेक्षाभन्दा बढी त थियो नै नेकपाले नसोचेकै थियो । त्यहीं गतिमा जाँदा निर्वाचनमा थबाङ्गी जनता सहभागी हुने र नेकपाको उम्मेदवार नहुँदा जनताले माओवादी केन्द्रलाई विकल्पको रुपमा लिनसक्ने सम्भावना बढ्यो । त्यसो हुँदा माओवादी केन्द्रको प्रभाव झनै बढ्ने निष्कर्षमा नेकपा पुग्यो । र, माओवादी प्रभाव रोक्न आफ्नो उम्मेदवार उठाउने र आफ्नो भोट सुरक्षित गर्ने निष्कर्षका साथ नेकपा निर्वाचनमा सहभागी भएको हुन सक्छ ।

६) माओवादी केन्द्र अस्वीकार

थबाङमा नेकपाको मुख्य प्रतिस्पर्धी माओवादी केन्द्र नै हो । थबाङ गाउँपालिकामा रहेको साविकका उवा र मिरुल गाविसमा नेकपाको प्रभाव कम छ । त्यहाँ काङ्ग्रेस र एमाले भन्दा माओवादी केन्द्र बलियो देखिन्छ । उवा र मिरुलमा बहुमतका साथ आउने र थबाङको मत खस्दा केही मत ल्याउँदा वा पूरै बहिस्कार हुँदा माओवादी केन्द्रले जित्न सक्ने सम्भावना पनि छ । मैदान खाली गरिदिएर जित्न दिनुभन्दा निर्वाचनमा भाग लिएर अस्वीकार गर्नु सहि हुने नेकपाको निष्कर्ष हुनसक्छ ।

७) आफैले जित्ने विश्वास

नेकपालाई काङ्ग्रेसले प्रमुखमा सघाएको छ । थबाङको वडा नं. १ मा काङ्ग्रेसका अध्यक्षका उम्मेदवार कमल रोकाले उम्मेदवारी फिर्ता लिएर नेकपाका तर्फबाट स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेका छन् । उता ३ नं. वडा साविक मिरुल गाविसमा एमालेका अध्यक्षका उम्मेदवार सतबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएर काङ्ग्रेसलाई सघाउने भएका छन् । यसरी विस्तारै नेकपा, काङ्ग्रेस र एमालेको गठबन्धन नजिकिदै छ । माओवादी केन्द्र एक्लो प्रतिस्पर्धामा छ । प्रमुखमा उम्मेदवार अमित घर्ती थबाङबासी हुँदा थबाङको अधिकांश भोट पाउने, काङ्ग्रेसको सबै भोट पाउने, एमालेले पनि सहयोग गर्ने हुँदा जित्न सकिने निष्कर्षले पनि नेकपाले उम्मेदवार उठाएको हुन सक्छ ।

किन दलाल घोषणा ?

नेकपाले थबाङ गाउँपालिकामा प्रमुख र चारवटा वडामा अध्यक्ष र सदस्यसहितको स्वतन्त्र प्यानल दर्ता गरेपछि यसको चर्चा देशभर भयो । देशभर निर्वाचन विथोल्न सक्रिय, सक्रिय हुँदा जेलनेल भोगेका कार्यकर्ताको चासो थबाङतिर केन्द्रित हुन स्वभाविक हो । ‘देशभर निर्वाचन विथोल्न खोज्ने, तर आफ्नो जननी भूमि मानिएकोमा निर्वाचनमा भाग लिंदा राजनीतिक रुपमा नेकपा र उसको नेतृत्व विचलित भएको प्रमाणित भयो । र, उसको नेतृत्वले नेकपा रोल्पाको नेतृत्वलाई निरन्तर दबाब दियो ।’ विप्लव पार्टीका केही स्थानीय नेताको बुझाई छ ।

त्यसपछि रोल्पाका सेक्रेटरी दलबहादुर खत्री ‘जागृती’ले वक्तव्य निकालेर त्यहाँ निर्वाचनमा भाग लिने आफ्नै कार्यकर्तालाई ‘दलाल संसदीय व्यवस्थाको पक्षपाति’ घोषणा गरे ।

उनले वक्तव्यमा यस्तो लेखेका छन्,

‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला दलाल संसदीय व्यवस्थाद्वारा नेपाली जनताविरुद्ध जबरजस्ती थोपारिएको चुनावी अभियानका विरुद्ध विभिन्न संघर्षमार्फत चुनाव खारेजीको अभियानमा लागिरहेको छ । भारतीय साम्राज्यवादको नांगो दलाली गरिरहेको वर्तमान देउवा प्रचण्ड मण्डली सरकार यतिबेला नेपाली जनताविरुद्ध दमन अभियान पनि सञ्चालन गरिरहेको छ ।

हाल दोस्रो चरणको चुनावी नाटक मञ्चन भइरहेको सन्दर्भमा आज थबाङमा हाम्रो पार्टीको तर्फबाट उम्मदोवर मनोनन भनेर भ्रम पूर्ण समाचारहरु आईरहेकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टीको तर्फबाट उम्मेदवार भनेका व्यक्तिहरु हाम्रो पार्टीको नभई दलाल संसदीय व्यवस्थापका भ्रम जालमा परेका व्यक्तिहरु हुन् । त्यसैले ती व्यक्तिहरुको नाम जोडेर नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार भन्नु नेपाली जनतालाई भ्रम जालमा पार्ने कुरा मात्रै हो । दलाल संसदीय व्यवस्थाको चुनावी भ्रम जालमा नपरी चुनाव खारेजीको अभियानमा डट्न यसै विज्ञप्तीमार्फत तबाङगी जनसमुदाय र आम रोल्पाली जनसमुदायमा हार्दिक अपील गर्दछौँ ।’

दलाल घोषणा ग¥यो, कारबाही गरेन

नेकपाले थबाङमात्रै होइन जिल्लाभर निर्वाचनमा भाग लिने आफ्ना कार्यकर्ताहरुलाई दलाल संसदीय व्यवस्थाको भ्रममा परेको घोषणा ग¥यो, तर अझैसम्म कारबाही गरेको घोषणा गरेको छैन । तर, उसलाई थबाङका आफ्ना कार्यकर्तालाई कारबाही गर्न सक्ने अवस्था पनि देखिदैन । अन्ततः अनेकन आशंकाकाबीच थबाङ निर्वाचनमय भएको छ ।

र, यी ठाउँमा पनि नेकपाका उम्मेदवार

थबाङमा बलियो स्वतन्त्र उम्मेदवार उठाएको नेकपाले जिल्लाका अन्य तहमा पनि उम्मेदवार उठाएको छ । माडी गाउँपालिकाको वडा नं. ५ साविक भाबाङ गाविसमा नेकपाबाट अध्यक्ष, काङ्ग्रेस र एमालेबाट सदस्य गरी उम्मेदवार दर्ता गरेको छ । नेकपाका कार्यकर्ता विष्णुकुमार घर्तीले अध्यक्षमा उम्मेदवादि दिएका छन् । तर, रोचक त्यहाँ रोचक के छ भने नेकपा र एमालेका कार्यकर्ता पनि काङ्ग्रेसको रुख चिन्ह लिएर निर्वाचनमा होमिएका छन् । भाबाङ नेकपाका राप्ती व्यूरो ईन्चार्ज केशबहादुर बाँठाको गाउँ हो ।

उता सुकीदह गाउँपालिकामा काङ्ग्रेस र नेकपाबीच तालमेल भएको छ । त्यहाँ काङ्ग्रेसका हरी पुन अध्यक्ष र नेकपाका अमृताकुमारी वली उपप्रमुखमा उम्मेदवारी दिएका छन् । उनी नेकपा निकट शिक्षक संगठनको जिल्ला नेता नेत्र वलीकी पत्नी हुन् । उपप्रमुखमा त्यहाँ नेकपाकी वलीले काङ्ग्रेसको चिन्ह लिएर निर्वाचनमा होमिएका छन् । ती महिला जिनाबाङकी हुन् र जिनाबाङ नेकपाका केन्द्रीय सदस्य चुडामणी ओलीको गाउँ हो ।

सुनछहरी गाउँपालिकाको फगामको वडामा नेकपाका हस्तबहादुर बुढाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यहाँ पनि नेकपाका कार्यकर्ताहरुले वडामा स्वतन्त्र प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । उता सुवर्णावती गाउँपालिकाको खुंग्रीमा नेकपाका कार्यकर्ता दिपेन थापाको प्रस्तावमा गेहराज घर्तीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्र परित्याग गरेका कुलानन्द गिरीले त्रिवेणी गाउँपालिकामा मालेको चुनाव चिन्ह लिएर प्रमुखको उम्मेदवारी दिएका छन् । त्यहाँ उनलाई नेकपाले पूर्ण सहयोग गर्ने भएको छ ।

सकारात्मक सन्देश

विप्लव नेतृत्वको नेता कार्यकर्ताहरु घोषित रुपमा पार्टीकोतर्फबाट निर्वाचनमा नहोमिए पनि कतै स्वतन्त्र रुपमा, कतै काङ्ग्रेसको चिन्हमा त कतै भिन्न तरिकाले निर्वाचनमा सहभागी भएपछि निर्वाचन वातावरणका लागि सकारात्मक सन्देश गएको छ ।

हुन सक्छ, यस्तो पनि

रोल्पा माओवादी जनयुद्धको आधार क्षेत्र । जहाँबाट धेरै नेता केन्द्रमा छन् माओवादीका तर्फबाट । बेला–बेलामा हुने माओवादीभित्रको विभाजनको पनि रोल्पामा असर पर्यो । यसकारण नेताहरुबीचको व्यक्तिगत लडाईं पनि यो चुनावमा सहतमा आउँदैछ ।

आफ्नो राम्रो क्षेत्र मानिएको गोरखामा नयाँ शक्तिका कारण चुनाव हारिएको हिसाव निकालेको माअ‍ोवादी केन्द्र रोल्पमा विप्लवका कारण चुनाव हारिन्छ कि भन्ने भयमा छ । उपसभामुख ओनसरी घर्ती, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री बर्षमान पुन, प्रचण्डका स्वकीय सचिव जोखबहादुर महरा, कुलप्रसाद केसी, जयपुरी घर्ती, झक्कु सुवेदी र दीपेन्द्र पुनजस्ता नेताहरु रोल्पाकै हुन् ।
 
आफ्नो भावी राजनीतिका लागि माओवादी केन्द्रलाई ‘डाउन साइज’ नगरी सम्भव हुँदैन भन्ने रोल्पाली नेता विप्लवले बुझेका हुन सक्छन । यहीँ कारण विप्लवले रोल्पामा नयाँ प्रयोग गरेका हुन सक्छन् । स्वतन्त्र रुपमै भएपनि रोल्पामा विप्लवको चुनावी सहभागिता माओवादी केन्द्रका लागि चुनौति हुन सक्छ । यहीँ कारण अहिले रोल्पामा माओवादी केन्द्रका आधा दर्जन भन्दा बढी केन्द्रीय नेता चुनावी अभियानमा खटेका छन् ।
 
माओवादी केन्द्रलाई दवाव के छ भने रोल्पामा चुनाव हारियो भने त्यसको दीर्धकालीन सन्देश जान्छ कि माओवादीको आधारभूमि भत्कियो । माओवादी केन्द्रसँग मुद्दासँगै ‘इगो’ को राजनीति गरिरहेका विप्लवले रोल्पामा आफुले जितेर भन्दा पनि माओवादीलाई हराएर आफ्नो रोल्पाको राजनीतिको बाटोको ‘ट्र्याक’ खोल्न सक्छन् । पहिलो चरणको चुनावमा जाजरकोट लगायतका जिल्लामा यस्तो प्रयोग भैसकेको छ, जुन रिपोर्ट माओवादी केन्द्रको हेडक्वाटरमा पनि आएको छ ।
 
दोस्रो संविधानसभा चुनावमा रोल्पामा विप्लव ठूला खेलाडी थिए । कृष्णबहादुर महराले विप्लवसँग आत्मसर्मपण गरे । अन्तितमा विप्लवको सहयोगमा महराले चुनाव जिते । यसपाली स्थानीय चुनाव हो ‘आत्मसर्मपण’ तिर राजनीति नजान सक्छ । तर, अहिले विप्लवको प्रयोग सफल भयो भने आगामी संसदीय चुनाव लड्ने तयारी गरिरहेका बर्षमान पुनका लागि चुनौति हुन सक्छ । फेरि विप्लव र पुनको सम्बन्ध समुधर छैन् । महरा र विप्लवको गुरु–चेलाको सम्बन्ध हो, विप्लव र पुनको शक्ति संघर्षमा एक अर्कालाई निषेध गर्ने ।
 
सतहमा रोल्पको स्थानीय चुनाव देखिएपनि अन्तिममा यो लडाई प्रचण्ड र विप्लवकै हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता