माओवादीबाट मन्त्री बन्नेको लिस्ट

08112016074126maoist-1000x0-696x269काठमाडौँ, । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको झण्डै डेढ साता बित्नै लागेको छ । देउवा नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्र र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सम्मिलित छ ।देउवा सरकारमा माओवादीबाट कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मवारी लिँदै नेतृत्व गरेका छन् भने उनीसँगै जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाह सहरी विकास मन्त्रालयको जिम्मेवारीमा सरकारमा सहभागी भइसकेका छन् ।त्यसैगरी विजयकुमार गच्छदार देउवा सरकारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित उपप्रधानमन्त्रीको जिम्मेवारीमा छन् ।देउवाले प्रधानमन्त्री पदको सपथ ग्रहणसँगै पहिलो चरणमा मन्त्रिमण्डल विस्तार गरेपछि आसन्न दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने सत्तारुढ दलको तयारी थियो ।तर सर्वसाधारण र आ-आफ्नो पार्टी पङ्तिभित्र अब कुन पार्टीबाट कोको मन्त्री बन्लान भन्ने चासो उत्तिकै छ । यिनै चासोको बीचमा प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले भने आसन्न निर्वाचनअघि नै सरकारमा पार्टीको तर्फबाट मन्त्री बन्नेको सूची तयार पारेको छ ।

केही दिनयतादेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवासमा लाजिम्पाटमा जारी अनौपचारिक र औपचारिक छलफलले पार्टीको तर्फबाट क-कसलार्इ मन्त्री बनाउने र कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा लगभग टुंगो लगाएको छ । प्राप्त जानकारी अनुसार मोरङबाट निर्वाचित सांसद शिवकुमार मण्डललार्इ १ नम्बर प्रदेशको प्रतिनिधित्व गराउँदै आपूर्तिमन्त्री बनाउने भएको छ ।त्यसैगरी रामेछापका सांसद श्यामकुमार श्रेष्ठलार्इ सामान्य प्रशासनमन्त्री बनाउने गरी छलफल अघि बढेको पनि स्रोतले बतायो । त्यसैगरी महेन्द्रबहादुर शाहीलार्इ पनि मन्त्री बनाउने पक्का भएको छ । उनलार्इ कुन मन्त्रालय दिने भन्ने विषयमा भने कुनै सहमति भएको छैन ।यता नारायणकाजी श्रेष्ठको समुहलार्इ स्वास्थ्य मन्त्रालय दिने तयारी थालेको छ । तर श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । श्रेष्ठले कसलार्इ मन्त्री बनाउनलान् भन्ने विषयमा कुनै सहमति भएको छैन ।अरु क-कसलार्इ कुन कुन मन्त्रालय दिने गरी मन्त्री बनाउने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले देश विकासको अभियन्ता, आधुनिकताको नायकः अध्यक्ष ओली

११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको

नेम्वाङको निधनका कारण एमाले महासचिव पोखरेल चीन भ्रमण छोट्याएर नेपाल फर्किदै

भदौ २६, काठमाडौं– संविधान सभाका अध्यक्ष, पुर्व सभामुख तथा एमाले  उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि नेकपा

एमाले कार्यकारी भूमिकामा ‘एक व्यक्ति, एक पद’ नीति लागू गर्दै

काठमाडौं, भदौ ८ गते । नेकपा (एमाले)ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने

राष्ट्रपतिलाई एजेण्डा सहित वैठक बोलाउने अधिकार छैन: एमाले

भाद्र ५, काठमाडौँ — नेकपा एमालेले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई नभएको बताएको

कोशीमा गठबन्धनको सरकार असंवैधानिक: सर्वोच्च

साउन ११, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गरेको छ । मुख्यमन्त्री

सङ्घीय संसद्को अवरोध खुलाउन तीन दलका शीर्ष नेताबीच सहमति

काठमाडौं, असार  २४ गते । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।