एजेन्सी । यौनसम्पर्कले मानिसलाई केही समयका लागि रमाइलो अनुभुति दिन्छ तर यसको फाइदाहरु त्योभन्दा पनि बढी रहेको छ । यौनसम्पर्कले पुरुष वा महिला दुवैलाई स्वास्थ्य लाभ दिने काम गर्छ । तर, महिलाले सेक्सबाट धेरै फाइदा लिने एक अध्ययनले देखाएको छ । हालै गरिएको एक सर्वेका अनुसार सेक्स गर्ने महिलाहरु तनावबाटमात्र मुक्त हुने नभई धेरै रोगसँग लड्न सक्ने क्षमता बढाउने गर्छ ।
राम्रो निन्द्रा लाग्छ
धेरै महिलाहरुलाई जब ३० वर्ष उमेर काट्छन् उनीहरुलाई निन्द्रा नपर्ने समस्या धेरै आउने गरेको छ । यस्तो समस्या समाधान गर्न पनि सेक्सले महत्वपुर्ण भुमिका खेल्छ । सेक्सको दौरान अक्सीटोसिन निस्कने जसका कारण राम्रो निन्द्रा लाग्छ ।
पिडा कम हुन्छ
सेक्स एउटा प्राकृतिक उपचार हो । यसका कारण विभिन्न पिडा प्राकृतिक रुपमा निको हुने गर्छ ।
स्ट्रेस कम गर्छ
वेस्ट स्कटल्याण्ड युनिभर्सिटीमा भएको एक सर्वेका अनुसार हप्तामा दुई वा तीनपटकसम्म सेक्स गर्ने महिलाहरुले तनावलाई राम्रो तरिकाले म्यानेज गर्नसक्छन् । यदि महिलालाई चरम सुख मिलेको छ भने उनीहरु तनाबमुक्त हुन्छन् । उनीहरु जीवनमा अत्यन्त खुसी भएको महसुस गर्छन् ।
अनुहारमा निखार आउँछ
सेक्सका दौउरान महिलाको शरिरमा डिएचइए नाम गरेको कम्पाउयड निस्किन्छ । यसले अनुहारमा देखिने समस्यालाई कम गरी निखार ल्याउने काम गर्छ । अनुहारमा निखार ल्याउन पनि सन्तुष्टिका साथ नियमति सेक्स गर्न आवश्यक पर्छ ।
हर्टअट्याकबाट टाढा राख्छ
हप्तामा दूई वा तीनपटक सेक्स गर्नाले शरिरमा ब्लड सर्कुलेशन राम्रो हुन्छ । यसका कारण पनि हर्टअट्याक हुने सम्भावना कम भएर जान्छ ।
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन