राजपाका कार्यकर्ताबाट बीरगञ्जमा यसरी कुटिए आयोगका कर्मचारी

वीरगंज– बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ता राजपाका कार्यकर्ताले वीरगञ्जमा निर्वाचन आयोगका कर्मचारीमाथि कुटपिट गरेका छन् । 
जिल्ला निर्वाचन कार्यालय पर्साले वीरगंजको श्रीपुरस्थित नेपाल राष्ट्रिय माविमा सञ्चालन गरेको दुई दिने मतदान अधिकृतको तालिम सकेर बाहिर निस्किदै गरेका कर्मचारीलाई कुटपिट गर्नुका साथै मोटरसाईकल तोडफोड गरेका हुन् । कुटपिटबाट एकजना अधिकृतको टाउँको फुटेको छ । उनको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भईरहेको जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीले जानकारी दिएका छन् ।

 बन्दकर्ताले मतदान अधिकृतलाई उपलब्ध गराईएको हातेपुस्तिका तथा अन्य सामाग्रिहरु समेत खोसेर घण्टाघरमा जलाएका छन् । त्यस्तै राजपाको एक समुहले संघीय समाजवादी फोरम नेपाल पर्साको वीरगंजस्थित आदर्शनगरमा रहेको नगर कार्यसमितिको कार्यालयमा तोडफोड गरेको छ । 

१५/२० जनाको संख्यामा रहेका बन्दकर्ताको समुहले कार्यालयको होडिङ्ग बोर्ड च्यात्नुका साथै सिसा फुटाएका छन् । त्यस्तै मकालु होटल चोकमा रहेको नेवा फोटोकपि पसलको सिसा फुटाएका छन् । उनीहरुले नगरमा फोहर उठाउन हिडेको जेसीबी, ट्याक्टरलाई समेत बन्दको अवज्ञा गरेको भन्दै घण्टाघरमा पेट्रोल छर्केर आगजनी गरेकोमा प्रहरी तत्काल नियन्त्रणमा लिएको थियो । तत्काल पुगेकोले ट्याक्टरमा धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ । बन्दकर्ताले बा ७ च ९११४ नम्बरको पिक अप भ्यानको घण्टाघरमै शिशा फुटाएका छन् भने वीरगंजका विभिन्न चोकहरुमा विहानैदेखी टायर बालेर सडक अवरुद्ध गर्ने र नाराबाजिका कार्यक्रमहरु गरिरहेका छन् । 

वीरगंजको मालपोत कार्यालयमा तालाबन्दी गर्न पुगेका बन्दकर्तालाई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरीक्षक अनिश कर्ण नेतृत्वको प्रहरी टोलिले लेखेटेको थियो । त्यस्तै बन्दकर्ताको कार्यक्रमलाई लक्षित गरेर नगरमा बाक्लो संख्यामा नेपाल प्रहरी शसस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरीएको छ । बन्दका कारण वीरगंज भन्सारको आयात निर्यातको सम्पुर्ण काम ठप्प भएको भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । भारतबाट पेट्रोलियम पदार्थ भरेर आएका तेलका ट्यांकर र अन्य मालबाहक सवारी साधन पनि वीरगंज भन्सारमा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि