२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रका नेता कार्यकर्ताको मूल्यांकन गर्न अनिवार्य भइसकेको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा नेता सिंहले कांग्रेसमा सबैले सबैलाई चिन्नु पर्ने समय आएको बताए ।
काठमाडौं महानगरपालिकासहित देशका १० वटा नगरपालिकामा कांग्रेसका उम्मेदवार पराजित हुनुको कारण खोज्नु पर्ने उनको भनाई थियो । नेता सिंहले पार्टीभित्रको अन्तरघातका कारण कांग्रेसका उम्मेदवारहरूले अधिकांस स्थानमा पराजय भोग्नु परेको बताए ।
‘पार्टीभित्रका साथीहरूलाई चिन्नु पर्यो अब । हाम्रै मूल्यांकन गर्नुपर्छ । सही के हो ? सत्य के हो ?, उनले भने, ‘कांग्रेसभित्र सत्ताको राजनीतिका लागि बढी केन्द्रित भएको देखियो, मूल्य र मान्यताभन्दा पनि सत्ताको राजनीतिमा केन्द्रित हुन थाल्यो । त्यसले संगठनमा ह्रास हुँदै गइरहेको छ ।’
उनले यस्ता बिकृतिलाई पार्टीभित्र कसरी निमिट्यन्न पार्ने भनेर चिन्ताको विषय बनेको बताए । ‘प्रतिपक्षी एमालेसँग लड्ने क्षमता हामीसँग छ, कांग्रेस नेता सिंहले भने, ‘पार्टीभित्र लड्न सकिँदैन । गाह्रो भइसक्यो ।
निर्वाचनका बेला रुखमा भोट नहाल्ने कांग्रेसी पनि रहेको बताउँदै उनले भने, ‘३६५ दिनमा कांग्रेस हुने । तर, भोट हाल्ने बेला अरु निर्वाचन चिन्हामा भोट हालेको देखियो ।’
कांग्रेसभित्र राम्रलाईभन्दा हाम्रालाई प्राथमिकता दिइएको भन्दै उनले घरपरिवारकालाई अवसर दिने परम्पराको अन्त्य हुनै पर्ने बताए । ‘संघर्ष गर्दा अरुले गरिदिओस् भन्ने, अवसर लिँदा मैले मात्रै लिनुपर्छ भन्छन् यो परम्परा अन्त्य भएन भने त्यसले कांग्रेसलाई नोक्सान गर्छ, उनले भने ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न