भूकम्पको इपिसेन्टर गोरखा

गोरखा, जेठ २५ – विनासकारी भूकम्पको इपिसेन्टर गोरखामा पुनर्निर्माणको काम अत्यन्तै धिमा गतिमा गतिमा अघि बढिरहेको छ । जिल्ला प्राविधिक कार्यालय गोरखाका अनुसार भर्खर १३ प्रतिशतले घर निर्माणको काम सुरु गरेका छन् ।

पहिलो किस्ताको अनुदान पाएका प्रभावितहरुले अझै घर बनाउन सुरु गरेका छैनन् । गोरखामा ६० हजार ९ सय ८७ भूकम्प प्रभावित पहिचान भए पनि ५४ हजार ४ सय ९७ जनाले पहिलो किस्ताको ५० हजार बराबरको अनुदान सम्झौता गरेका छन् । यसरी अनुदान सम्झौता गरे पनि जिल्लाका प्रभावितले घर बनाउन सुरु नगरेको प्रमुख जिल्ला इन्जिनियर होमनाथ पौडेलले जानकारी दिए ।

जिल्लामा १६ हजार ६ सय ८३ जना अर्थात झन्डै २८ प्रतिशतले गुनासो दर्ता गरेका छन् । जसमध्ये १५ हजारको गुनासो सम्बोधन भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

झन्डै ६१ हजार भूकम्प प्रभावितमध्ये ७ हजार १ सय ५२ अर्थात् १३ प्रतिशत प्रभावितले मात्र पहिलो किस्ता लिएर घर निमार्णको काम थालेका छन् । यस्तै दोस्रो किस्ताका लागि ३ हजार ४ सय ९३ प्रभावित सिफारिस भएका छन् । यसमा नेपाल सरकारको तर्फबाट २ हजार ७ सय ३५ परिवार र गैह्रसरकारी संस्थाको तर्फबाट ७ सय ५८ परिवारलाई अनुदान दिने व्यवस्था गरिएको छ । घर निमार्णको प्राविधिक मापदण्ड नपुग्दा ९ सय ९१ घरधुरीको दोस्रो किस्ताका लागि सिफारिस हुन नसकेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । यस्तै गैह्रसरकारी संस्थाले अनुदान दिने गरी ४९ प्रभावित तेस्रो किस्ताका लागि सिफारिस गरिएका छन् ।

खानेपानी योजना र सडक सुधार

गोरखामा भूकम्पबाट प्रभावित खानेपानी योजनाको पुनर्निर्माण तथा सडक सुधारका लागि २ करोड ६३ लाख बजेट परिचालन भइरहेको छ । जिल्ला प्राविधिक कार्यालय गोरखाका अनुसार ५१ वटा योजनामध्ये ३८ ओटाको सम्झौता भइसकेको छ ।

गुम्बा तथा पुरातत्व सम्पदा पुनर्निर्माण

गोरखामा भूकम्पबाट क्षति बेहोरेका गुम्बा पुनर्निर्माणका लागि ३ वर्षे योजना बनाइएको छ । ७९ वटा योजनाका लागि २ करोड ९१ लख २५ हजार बजेट परिचालन गरिएको छ । हालसम्म १३ वटा गुम्बा निमार्ण भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

यस्तै, पुरातत्व सम्पदा पुनर्निर्माणतर्फ गोरखनाथ मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गरिएको छ भने गोरखा माथिल्लो दरबार र परिसरबाहिर रहेका ढुङ्गा सिँढीसहित क्षतिको पुनर्निर्माण बहुवर्षीय ठेक्काबाट गर्ने गरी लगत इस्टिमेट तयार गरिएको छ । यस्तै रोटपाटीको पुनर्निर्माण कार्य सम्पन्न गरिएको छ भने आगामी आर्थिक वर्षमा गोरखा दरबारभित्र र गोरखा जिल्लाको अन्य स्थानमा रहेका पुरातात्विक सम्पदाको पुनर्निर्माणको लागि प्रस्ताव गरिएको प्रमुख जिल्ला इन्जिनियर होमनाथ पौडेलले जानकारी दिए ।

१० स्वास्थ्य संस्था अझै टहरामा

गोरखामा रहेका ८६ स्वास्थ्य संस्थामध्ये १० वटा स्वास्थ्य संस्था अझै टहरोबाट सञ्चालन भइहरेका छन् । भूकम्पबाट ५५ स्वास्थ्य संस्था प्रभावित भएका थिए ।

गैरसरकारी संस्थाको सहयोगमा बनेका अस्थायी प्रिफ्याव भवनमा ३१ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । यस्तै स्वास्थ्य संस्थाका लागि २७ वटा प्रिफ्याव भवन विभिन्न गैरसरकारी संस्थाले निर्माण गरिरहेको प्रमुख जिल्ला इन्जिनियर पौडेलले जानकारी दिए । यस्तै भवन कार्यालयबाट ५ वटा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा रहेको छ ।


यस्तै खानेपानी आयोजनाअन्र्तगत १२ वटा खानेपानी योजना सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । ३५ आयोजना बहुवर्षीय ठेक्का भई २४ वटा आउँदो असारभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

एकीकृत बस्ती विकास

लाप्राकमा एनआरएन मार्फत गुप्सीपाखामा ५ सय ७३ घरधुरीका लागि एकीकृत बस्ती निमार्णको काम भइरहेको छ । यसमा नेपाली सेनासमेत सहभागी भएर निमार्ण कार्यलाई सहयोग गरिहेको छ । यस्तै बारपाकमा डब्लूडब्लूएफको परामर्शदाता मार्फत एकीकृत बस्ती विकासका लागि बस्ती विकासका लागि डिजाइनसमेत भइहरेको छ । यस्तै बगुवामा १ सय २३ घरधुरीको एकीकृत बस्ती निमार्णका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई अनुरोध गरेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

३९ इन्जिनियरले छोडे

जिल्लामा २ सय ४६ प्राविधिकको दरबन्दी रहे पनि १ सय ७६ जना मात्र कार्यरत छन् । १ सय २६ इन्जिनियरको दरबन्दी रहे पनि हाल ८७ जना इन्जिनियर मात्र कार्यरत छन् । काममा खटिएका केहीले राजीनामा गरेर काम छोडेका छन् । ६० जना सब इन्जिनियरको दरबन्दी रहेकोमा ३४ जना कार्यरत छन् । यस्तै ६० जना असिस्टेन्ट सब इन्जिनियरको दरबन्दी रहेकोमा ५५ जना कार्यरत छन् ।


प्राविधिक काम र सूचना प्रशोधनका लागि प्रयोग हुने ट्यावलेटको अभाव हुँदा एउटा ट्यावलेटको पछाडि ३ जना इन्जिनियर लाग्नुपर्ने हुँदा इन्जिनियरलाई काम गर्न गाह्रो परेको जिल्ला प्राविधिक कार्यालले जनाएको छ । भौगोलिक जटिलताका कारण एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न दिन बित्ने र एउटा, दुईटा घर हेर्न पूरै दिन लगाएर जानुपर्ने, गाउँमा नेटवर्क नटिप्ने, फोन नलाग्ने समस्याबाट भएका इन्जिनियरले पनि काम गर्न समस्या भएको हो ।


बनिरहेका घरको निरीक्षण गर्नका लागि इन्जिनियरको अभाव रहेको भन्दै गोरखाका जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । गोरखाको आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले भने– ‘गाउँमा प्राविधिक छैनन्, स्थानीयले आफ्नै ढङ्गले घर बनाउन थालेका छन्, प्राविधिक आउनुअघि पनि घर बनाएका थिए । प्राधिकरणले मापदण्डको कुरा गर्ने तर प्राविधिक छैनन् ।’ उनले जिल्लाका सबै जनप्रतिनिधिले भूकम्प प्रभावितलाई घर बनाउन, अनुदान दिलाउन काम गर्ने प्रतिबद्धता जनाएकाले जस्तो घर बनाए पनि प्राधिकरणले अनुदान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न