काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनका लागि देशव्यापी रुपमा उत्साह छाएकोले जुनसुकै पार्टीले बहिष्कार गरेपनि चुनाव अब नरोकिने स्पष्ट पारेका छन् । अध्यक्ष यादवले भने, ‘अब चुनाव हुन्छ, हुन्छ, कोही पार्टीले चुनावमा जान्नभन्दा पनि अब चुनाव रोकिँदैन्, उपेन्द्र यादवको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, महन्थ ठाकुरको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, किनकी जनताले चुनाव चाहेका छन् ।’
यादवले आफ्नो पार्टीले देशव्यापी रुपमा चुनावी तयारी गरिसकेको समेत जानकारी दिए । ‘हाम्रो पार्टीले दोस्रो चरणको निर्वाचनमा सबै ठाउँमा उम्मेद्धवारी दिन्छ, यसमा कुनै शंका छैन् ।’ उनले जनताबाट आफ्नो पार्टीको पक्षमा देशव्यापी रुपमा उत्साह र समर्थन आईरहेको समेत जिकिर गरे । उनले यतिवेला आफ्नो पार्टीमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको ठूलो लर्को नै लागेको उल्लेख गर्दै भने, ‘हेर्दै जानुहोला, ऋषिध मलाजीले पनि हाम्रो पार्टीबाट सांसद बन्नुहुन्छ ।’
अध्यक्ष यादवले चुनावी तालमेलको लागि आफ्नो पार्टी खुल्ला रहेको समेत जानकारी दिए । ‘हामी चुनावी तालमेलको लागि सबैसँग खुल्ला छौं, राजपा नेपाललाई पनि तालमेलको लागि अपिल गरिरहेका छौं, हामी सँगै लड्नको लागि तयार छौं ।’ यादवले आफ्नो पार्टीले संघीयता, गणतन्त्र र परिवर्तन पक्षधरसँग चुनावी तालमेल गर्ने जानकारी दिए ।
उनले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुरको देउवाको पक्षमा लर्को लागेर मतदान गर्न आउने मधेशी नेताहरु स्थानीय तहको निर्वाचनमा उठेका मधेशी नेताहरुलाई भोट गर्न किन नहुने भन्दै प्रश्न समेत तेर्साए । उनले भने, ‘प्रधानमन्त्रीको उम्मेद्धवार गैर–मधेशी हुँदा पनि उहाँहरुले भोट त हाल्नुभयो नि, अब तराईमा हुने चुनावमा मधेशी नै उम्मेद्धवार उठ्ने हुनन् ि।’ उनले अरु पार्टीले भन्दा आफ्नो पार्टीले चुनावमा धेरै राम्रो परिणाम ल्याउने समेत दाबी गरे । म दाबाका साथ भन्छु हाम्रो पार्टीले अरु पार्टीभन्दा धेरै राम्रो परिणाम ल्याउँछ ।’
दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित भए जनतामा अति नै उत्साह छाउने उनको विश्वास थियो । उनले भने, ‘चुनाव अघि नै संशोधन प्रस्ताव पारित भए जनता रेनकोट ओढेर भएपनि मतदान गर्न आउँछन्, जनताले यतिवेला निर्वाचन र समृद्धि खोजेका छन् ।’ उनले जनताले खोजेको कुरा राज्यले समयमै पूरा गरिदिनुपर्ने बताएका छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न