२२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले स्वतन्त्र न्यायपालिकाको निर्णयलाई स्वीकार गरेर आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन् ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाका बारेमा सर्वोच्च अदालतले जे निर्णय गरेपनि उक्त निर्णयलाई आफ्नो पार्टीले स्विकार गर्ने र भोलि हुने प्रधानमन्त्री चयन प्रक्रियामा संसद अवरोध नगर्ने बताएका हुन ।
उनले भने,“चितवनमा मतपत्र च्यात्ने काममा सत्तापक्षको नै मुख्य दोष छ, त्यहाँ मतपत्र मात्रै च्यातिएनन् जनताका मत र मनपनि च्यातिएका छन् ।” रावलले भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा आफ्नो दलले भाग लिने जनाएका छन् ।
यद्धपी उनले प्रधानमन्त्रीका उम्मेद्धवार कांग्रेस सभापति शेरबहादुर देउवाको विपक्षमा आफ्नो दलले मत हाल्ने बताए । उनले भने,‘हामी भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग लिन्छौं तर देउवाजीको विपक्षमा मत हाल्छौं।’ त्यस्तै उनले आफ्नो पार्टी अहिले सरकारमा जाने मनस्थितिमा पनि नरहेको जिकिर गरे।
रावलले चितवनमा मतपत्र च्यातिएको घट्नाका मुख्य दोषी काँग्रेस र माओवादी केन्द्र नै भएको आरोप लगाउँदै यसबारे सरकारको स्पष्ट धारणा आउनुपर्ने माँग गरे । उनले भने,‘मतपत्र च्यात्ने काम गरेर उहाँहरुले कु–चक्रमा देशलाई अघि बढाउन खोज्नुभयो, यसले लोकतान्त्रिक व्यवस्थालाई आँच पुगेको छ।’
त्यस्तै उनले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित हुन ध्यानाकर्षण समेत गरे । उनले भने,‘दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपुर्ण हुनुपर्छ ।’ उनले जनताको मतको कदर सुनिश्चित हुनुपर्नेमा समेत जोड दिए ।
११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी
फाइल फोटो जेष्ठ ११, काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ
जेष्ठ १० ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी
जेष्ठ ७,काठमाडौं। नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर
जेठ ०५, बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ग्राभेलको योजनामा भ्रष्टाचार गरेको आरोपमा बाराको