प्रधानमन्त्री निर्वाचनमा भाग लिन्छौं तर देउवाको विपक्षमा भोट हाल्छौ‌ : रावल

bhim-rawal1२२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले स्वतन्त्र न्यायपालिकाको निर्णयलाई स्वीकार गरेर आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाका बारेमा सर्वोच्च अदालतले जे निर्णय गरेपनि उक्त निर्णयलाई आफ्नो पार्टीले स्विकार गर्ने र भोलि हुने प्रधानमन्त्री चयन प्रक्रियामा संसद अवरोध नगर्ने बताएका हुन ।

उनले भने,“चितवनमा मतपत्र च्यात्ने काममा सत्तापक्षको नै मुख्य दोष छ, त्यहाँ मतपत्र मात्रै च्यातिएनन् जनताका मत र मनपनि च्यातिएका छन् ।” रावलले भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा आफ्नो दलले भाग लिने जनाएका छन् ।

यद्धपी उनले प्रधानमन्त्रीका उम्मेद्धवार कांग्रेस सभापति शेरबहादुर देउवाको विपक्षमा आफ्नो दलले मत हाल्ने बताए । उनले भने,‘हामी भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग लिन्छौं तर देउवाजीको विपक्षमा मत हाल्छौं।’ त्यस्तै उनले आफ्नो पार्टी अहिले सरकारमा जाने मनस्थितिमा पनि नरहेको जिकिर गरे।

रावलले चितवनमा मतपत्र च्यातिएको घट्नाका मुख्य दोषी काँग्रेस र माओवादी केन्द्र नै भएको आरोप लगाउँदै यसबारे सरकारको स्पष्ट धारणा आउनुपर्ने माँग गरे । उनले भने,‘मतपत्र च्यात्ने काम गरेर उहाँहरुले कु–चक्रमा देशलाई अघि बढाउन खोज्नुभयो, यसले लोकतान्त्रिक व्यवस्थालाई आँच पुगेको छ।’

त्यस्तै उनले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित हुन ध्यानाकर्षण समेत गरे । उनले भने,‘दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपुर्ण हुनुपर्छ ।’ उनले जनताको मतको कदर सुनिश्चित हुनुपर्नेमा समेत जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका