काठमाडौं, २५ वैशाख । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहमा जनताको मन जितेर भोट माग्ने उद्देश्यका साथ नेपाली काँग्रस काठमाडौं महानगरपालिकाले विकासका योजनालाई अगाडि सारेको छ ।
करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा जनताको मन जितेर मतदाता आफ्नो पक्षमा पार्न काँग्रेसले विकासको योजनालाई अगाडि सारेको हो ।
सबै महानगरवासीको इच्छा ‘शिक्षा, स्वास्थ्य र सुरक्षा’ तथा ‘सफा, समृद्ध, सुन्दर र उज्यालो काठमाडौं हाम्रो जिम्मेवारी’ भन्ने मूलनाराका साथ काठमाडौं महानगर काँग्रेसले आफ्नो मुख्य मुद्दा अगाडि सारेको छ ।
विकासको योजना बनाउँदा पहिलो समयदेखि नै जनसमुदायलाई संलग्न गराई महानगरको कुनै पनि विकासको खाका कोर्ने, पूर्वाधारको निर्माण गर्ने र यसको संरक्षण गर्ने कार्यका साथै सोको अनुगमनसमेत समुदायले नै गर्ने व्यवस्था मिलाउने काँग्रेस महानगरको घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रको सार्वजनिक गर्दै नेपाली काँग्रेसका नेता एवं पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंह ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्व बोकेको काठमाडौंलाई विश्वकै नमुना सहर बनाउनका लागि काँग्रेसलाई जिताउनुपर्ने बताउछन् । उनी भन्छन्, ‘दिनैपिच्छे नेपाली काँग्रेसको पक्षमा जनलहर सिर्जना भएको छ यसलाई मर्न दिन हुँदैन ।’
नेता सिंह काँग्रेसले राजनीतिक रुपमा परीक्षण भइसकेको व्यक्तिलाई उम्मेदवार दिएको बताउँदै महानगरको विकासका लागि प्रमुखका उम्मेदवार राजुराज जोशी योग्य उम्मेदवार भएको दावी गर्छन् ।
काठमाडौं महानगर काँग्रेसले ‘फ्लाईओभर’ निर्माण, अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण, सडक बत्ती र ट्राफिक बत्तीको उचित व्यवस्था, सडकमा सिसिटिभीको जडान, प्रदूषण नियन्त्रण, सडक विस्तार, खानेपानी पाइप जडान, विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकतामा राखेको छ ।
काँग्रेस काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार जोशी पाँच वर्षभित्र महानगरपालिकाभित्र मेट्रो रेल निर्माण गर्नेदेखि महानगरमा निःशुल्क वाइफाइको व्यवस्था मिलाउने बताउछन् । उनी भन्छन्, ‘म बोल्नेभन्दा काम गरेर देखाउने मान्छे हो, मैले जितेपछि काठमाडौं महानगरपालिकाको प्रत्येक जनताको समस्याको समाधानका लागि लाग्नेछु ।’
यस्तै आधुनिक सडक पेटीको निर्माण, सुलभ पार्किङस्थलको व्यवस्था, प्रमुख पर्यटकीय र व्यावसायिक क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्र तोकी निःशुल्क महानगरीय सवारी साधनको व्यवस्था गर्ने, सडक पेटीमा रुख रोप्ने, काठमाडौंका ३२ वटै वडामा नमुनापार्क निर्माण गर्ने जनाएको छ ।
काँग्रेस काठमाडौं महानगरपालिका उपप्रमुखकी उम्मेदवार हरिप्रभा खड्गी (श्रेष्ठ) महानगरभित्र रहेका महिला दिदीबहिनीको हक अधिकारका रक्षाका लागि आफ्नो उम्मेदवारी भएको बताउछन् । उनी भन्छन्, ‘मौलिक परम्परा, घरेलु सिल्पकला, हस्तकला जस्ता घरेलु उद्योगको माध्यामबाट महानगरभित्रका महिला र पुरुषको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्छु ।’
काँग्रेसले महानगरभित्रको फोहोरमैला व्यवस्थापन, घुम्ती शौचालयको व्यवस्था, विपद् व्यवस्थापनबारे जनचेतनामूलक कार्यक्रम, विपद्को समयमा अस्थायी वासस्थानको निर्माण, विद्युतीय सूचना प्रविधि केन्द्र, अनवरत रुपमा विद्युत् उपलब्ध गराउने कुरालाई घोषणापत्रमा समेटेको छ ।
विभिन्न पर्यटकीय स्थानमा महानगरीय पर्यटक सूचना केन्द्र स्थापना गर्ने, सडक मार्ग गल्लीको नाम पहिचान हुनेगरी बोर्ड राख्ने, मोबाइल एप्समार्फत मुख्य, मुख्य पर्यटकीय तथा व्यावसायिक स्थलको जानकारी तथा सूचना प्रदान गर्नेलगायतका विकासका मुद्दालाई काठमाडौं महानगरपालिका काँग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न