May 4, 2017

‘भूकम्पले सर्वोच्चको गजुर भत्कायो, प्रधानमन्त्रीले न्यायपालिका भत्काउन खोजे’

बैशाख २१, काठमाडौं –  प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विरोधमा सडकमै ओर्लिनुभएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । महाभियोग फिर्ता गराउन बुधबार वसन्तपुरमा आयोजित एक भेलामा सहभागी भएर सरकारविरुद्ध उहाँले आक्रामक भाषणसमेत दिनुभयो । ‘भूकम्पले सर्वोच्च अदालतको गजुर भत्काएको छ । प्रधानमन्त्रीले त्यो बनाउने प्रयास गर्नुभएन । तर, भएको न्यायपालिका पनि भत्काउन खोज्नुभएको छ’, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भेलामा प्रधानमन्त्रीलाई चेतावनी दिँदै भन्नुभयो, ‘न्यायपालिका नै भत्किए कसले रक्षा गर्छ ? ख्याल गर्नुहोला ।’

श्रेष्ठले देशमा बचेका केही संस्थामध्ये न्यायालयलाई ढाल्ने प्रयास भएकोसमेत आरोप लगाउनुभयो । उहाँले महाभियोगविरुद्ध उत्रन आह्वानसमेत गर्नुभयो । ‘यदि, तपाईंहरूले विवेक र धर्म छाड्नुभयो भने पाप धुरीबाट कराउँछ । आज हामीलाई खाने बाघले भोलि तपाईंलाई पक्कै खान्छ’, श्रेष्ठको चेतावनी थियो । पूर्वप्रधानन्यायाधीशहरू सडकमै उत्रिएर विरोधमा भाषण दिएको घटना विरलै पाइन्छ ।

पूर्वप्रधानन्यायाधीश र न्यायाधीशसहितको मंगलबार सम्पन्न एक भेलाले ‘केही समयदेखि सर्वोच्च तथा उच्च अदालतमा न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पारिँदै आएका कारण फैसला तथा आदेशसमेत प्रभावित हुने गरेको’ भन्दै यसतर्फ न्यायिक नेतृत्वसमेत जवाफदेही रहेको बताएका थिए । न्यायपालिकामाथि हुने जुनसुकै हस्तक्षेप र न्यायाधीशबीच गुटबन्दी खडा गर्ने कार्य अस्वीकार्य हुने चेतावनीसमेत उनीहरूले दिएका थिए ।

वसन्तपुर भेलामा प्राडा गोविन्द केसीले प्रधानन्यायाधीशविरुद्ध ‘ग्रान्ड डिजाइन’ मा गलत मार्गबाट महाअभियोग आएको दाबी गर्दै तत्काल फिर्ता लिन माग गर्नुभयो । ‘प्रजातन्त्र आएको २७ वर्षसम्म दलमा दलीयतन्त्र मात्र संस्थागत भयो । मुलुकमा देउवातन्त्र, प्रचण्डतन्त्र र केही हदसम्म ओलीतन्त्र हाबी भयो,’ केसीको कथन थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका