१८ बैशाख, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले स्थानीय तहको चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार प्रतिवद्धतापत्र जारी गरेपछि अब नयाँ शक्ति पार्टी पनि चुनावमा होमिने अब पक्का भएको छ ।
‘अबको निकास, आर्थिक विकास’ ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ जस्ता नाराहरुका साथ पार्टी गठन गरेको नयाँ शक्तिले स्थानीय चुनावमा ‘अरुले गर्छन् कुरा, हामी गर्छौं पूरा’ भन्ने नयाँ नारासमेत तय गरेको छ ।
लगभग एमालेकै जत्रो, अर्थात ५१ पृष्ठको घोषणा पत्रमा नयाँ शक्ति पार्टीले चुनाव चिन्ह चाहिँ मसाल प्रयोग गरेको छ । आँखा चुनाव चिन्ह निर्वाचन आयोगले नदिएपछि नयाँ शक्तिले उपेन्द्र यादवको पार्टीको चुनाव चिन्हबाट निर्वाचन लड्न लागेको हो ।
चुनाव चिन्ह मसालः आवश्यकता र बाध्यता
दलीय चुनाव चिन्हबारे नयाँ शक्ति पार्टीले घोषणापत्रमा भनेको छ- नयाँ शक्ति पार्टीलाई निर्वाचनमा जान रोकेर जनसमुदायबाट कटाउने र एक्ल्याउने जुन प्रयास भयो, त्यो षड्यन्त्रलाई हामीले संघीय समाजवादी फोरम नेपालसँग राजनीतिकरुपमा चुनावी गठबन्धन गर्ने तरिकाबाट चिर्यौं । यो गठबन्धनले षड्यन्त्रकारीहरुको जत्थालाई ठूलो झट्का दिएको छ ।’
उसले अगाडि भनेको छ- ‘राजनीतिक गठबन्धनको मूल्यमान्यता, संस्कार र संस्कृतिलाई गम्भीरतापूर्वक अबलम्बन गर्दै निर्वाचनमा
जानु र सहकर्मी दलको चुनाव चिन्ह ‘मशाल’ प्रयोग गर्नु यतिखेर नयाँ शक्ति पार्टी, नेपालका लागि आवश्यकता र बाध्यता दुबै हो ।’
नयाँशक्ति पार्टीले स्थानीय तहहरु अधिकार सम्पन्न भएको बताएको छ । उसले घोषणापत्रमा भनेको छ- ‘नेपालको संविधान-२०७२ को भाग-१७ मा स्थानीय कार्यपालिका, भाग-१८ मा स्थानीय व्यवस्थापिका र भाग-१९ मा स्थानीय आर्थिक कार्यप्रणालीको व्यवस्था यसरी स्थानीय तहको सरकारको संवैधानिक व्यवस्था गरिएको यो पहिलोपटक हो ।
घोषणापत्रको सुरुमा प्रारम्भ र पार्टी गठनको पृष्ठभूमि दिइएको छ । ०७३ साल जेठ ३० गते रंगशालामा घोषणा गरिएको पार्टी विल्कुल फरक वैचारिक धारको रहेको घोषणापत्रमा दाबी गरिएको छ ।
घोषणापत्रमा नयाँशक्ति नै किन ? शीर्षकमा पार्टी गठनको औचित्यबारे उल्लेख गरिएको छ । यसमा पार्टीले भन्दै आएका पाँच ‘स’ अर्थात सुशासन, सदाचार, स्वाधीनता आदिलाई समेटिएको छ ।
आर्थिक समृद्धिको रोडम्याप
घोषणापत्रमा आर्थिक विकाससम्बन्धी पार्टीका अवधारणाहरु सारिएका छन् । नयाँशक्तिले ५ वर्ष, १५ वर्ष र २५ वर्षमा गरिने कामहरुको विवरण घोषणापत्रमा राखेको छ ।
पाँच वर्षमा गरिने कामहरु यस्ता छन्-
प्रतिव्यक्ति औसत आम्दानी २,००० डलर पुर्याउने ।
कूल गार्हस्थ बचत कूल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत पुर्याउने ।
निरपेक्ष गरीबीको रेखामुनि रहेका जनसंख्यालाई १० प्रतिशतमा झार्ने ।
कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ४५ प्रतिशत, औद्योगिक क्षेत्रको २० प्रतिशत र उत्पादन क्षेत्रको योगदानलाई १५ प्रतिशत पुर्याउने ।
वस्तु तथा सेवाको निर्यात कूल गार्हस्थ उत्पादनको २० प्रतिशत पुर्याउने, आयातलाई ३० प्रतिशतमा झार्ने ।
वाषिर्क तीन लाख रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जानेको संख्या सरदर प्रतिदिन ५०० मा झार्ने ।
सबैको लागि खाद्य-पोषण सुरक्षा सुनिश्चित गर्ने ।
विद्यालय जाने उमेरका बालबालिका विद्यालय जाने प्रतिशतलाई शत प्रतिशत पुर्याउने । उच्च माध्यमिक तहमा पढ्नेहरुको प्रतिशत ८० पुर्याउने ।
दलित, अपांग विद्यार्थीलाई उच्च-माध्यमिक स्तरको शिक्षासम्म छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गर्ने ।
शिशु मृत्युदर प्रतिहजार १६ र मातृ मृत्युदर प्रतिलाख १०० मा झार्ने ।
१५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने ।
पूर्ण शारीरिक अपाङ्गता, द्वन्द पीडित, एकल महिला, गर्भवती महिला, लोपोन्मुख जाति, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक र गरीबीको रेखामुनि रहेका परिवारका लागि सम्पूर्ण स्वास्थ्य सेवामा कम्तिमा ७५ प्रतिशत छुटको व्यवस्था गर्ने ।
प्रत्येक घरमा सफा खानेपानी पुर्याउने । प्रत्येक घरमा केन्द्रीय ग्रिडको विद्युत जसका लागि ४ हजार मेगावाट विद्युत उत्पादन गरिने ।
साथै प्रत्येक घरमा ब्रोडब्याण्ड इन्टरनेट कनेक्टिभिटी पुर्याउन सकिने व्यवस्था गरिने ।
एकीकृत बस्ती विकास र शहरी विकास गरी शहरी विकास सूचकाङ्क ७५ प्रतिशत भन्दा माथि हुने शहरी जनसंख्या ३० प्रतिशत पुर्याउने ।
दुईवटा उत्तर-दक्षिण आर्थिक करिडर सञ्चालनमा ल्याउने ।
पर्यटन क्षेत्रको आधुनिकीकरण गरी वाषिर्क रूपमा नेपाल आउने पर्यटकहरूको संख्या २० लाख पुर्याउने ।
खेलकुदको विकासको लागि एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला, एक खेलकुद महाविद्यालय, प्रत्येक प्रदेशमा १/१ वटा रङ्गशाला बनाउने ।
कला, साहित्य र संस्कृतिको विकासको लागि हरेक प्रदेशमा एकएक प्रज्ञा प्रतिष्ठान खोलिने ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकको लागि केन्द्रमा एक यौनिक तथा लैङ्गिक अल्पसंख्यक विकास केन्द्र बनाइने ।
प्रत्येक प्रदेशमा १/१ वटा विज्ञान, प्रविधि तथा अन्वेषणमा प्रज्ञा प्रतिष्ठान खोल्ने । विज्ञान, प्रविधि तथा अन्वेषणमा लगानी कूल गार्हस्थ उत्पादनको १ प्रतिशत पुर्याउने ।
प्राविधिक शिक्षाको विकासका लागि प्रत्येक प्रदेशमा १/१ वटा नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी खोल्ने ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न