जेठ १६, काठमाडौं – महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत भएको छ ।
मेयरका उम्मेदवार सर्वोत्तम डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुबैको जमानत जफत भएको खबर आजको नागरिकमा छ ।
डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए भने पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन्। खसेको कुल मत मध्ये डंगोलले ४.१३ प्रतिशत मत ल्याए भने पौडेलले ५.४६ मत ल्याइन्।
माओवादी केन्द्रका काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले काठमाडौं महानगरमा संगठन कमजोर भएका कारण हार्नु परेको बताएका छन्।
-स्थानीय तह निर्वाचनको नियमावली अनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेद्वारको जमानत जफत हुने प्रावधान छ।
-प्रावधान अनुसार काठमाडौंमा माओवादी केन्द्रका मेयरसहित २५ जनाको नजमानत जफत भएको छ।
-छोटो समयमा चर्चा कमाएका साझा पार्टीका उम्मेद्वार किशोर थापाले पनि जमानत जोगाउन सकेनन्। (थापाले १८ हजार ४ सय ९६ अर्थात ९.६८ प्रतिशत मत ल्याएका थिए)
काठमाडौं महानगरपालिकामा एक लाख ९७ हजार २ सय २७ मत खसेको थियो। जसम्ध्ये १ लाख ९१ हजार ४१ मत सदर भएको थियो। यसरी धरौटी जोगाउन कम्तिमा १९ हजार मत ल्याउनुपर्ने थियो। काठमाडौंबाट एमाले, कांग्रेस र विवेकशील नेपाली दलले मात्र जमानत जोगाएको थियो।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको