May 28, 2017

इलाममा वडाध्यक्षहरुको उम्मेद्वार

इलाममा साना ठूला दलबाट गरी चारजना महिलाले वडा अध्यक्ष पदका उम्मेद्वारी पाएका छन् । अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले देऊमाई नगरपालिका वडा नं। ९ मा चन्द्रावती थापा, चुलाचुली गाउँपालिका ४ मा शुभमाया राईलाई उम्मेद्वार बनाएको छ । 250px-Kanyam1
यस्तै माइनगरपालिका ७ मा राजकुमारी तामाङ्गलाई र नेकपा एमालेले इलाम नगरपालिका १ मा अम्बिका गौतमलाई अध्यक्षमा उम्मेद्वार बनाएका छन् । बाँकी रहेका तहमा महिलालाई उपप्रमुख र सदस्य पदमा सिमित बनाइएको छ । एमालेले महिला सहभागिता ४०।६५ प्रतिशत गराएको भए पनि प्रमुख पदमा भने एकजनालाई मात्र उम्मेद्वारी दिएको छ ।
१० स्थानिय तह रहेको इलाममा नेकपा एमालेले १० वटै तहमा उम्मेद्वार छनौट सकेको छ । नेकपा माओवादी केन्द्रले चारवटा वडामा मात्र उम्मेद्वार चयन गर्न बाँकी रहेको प्रचारप्रसार विभाग प्रमुख जीवन शर्माले जानकारी दिनुभयो । नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उम्मेद्वार छनौट प्रकृया अन्तिम चरणमा पु¥याएका छन् । सबै दलले जेठ १८ गतेसम्ममा टुङ्गो लगाउने बताएका छन् ।
१७ दल दर्ता रहेको इलाममा वडाध्यक्षमा पार्टीबाट चारजना मात्र उम्मेद्वारी हुनु सन्तोषजनक नरहेको नेपाली कांग्रेसका सांसद सुजता परियारले बताउनुभयो । चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तह रहेको इलाममा एक सय ७२ जना महिला जनप्रतिनिधि छनौट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ