काठमाडौँ, १३ जेठ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङ अघिल्लोभन्दा चार स्थान माथि उक्लिदैं अष्टेलियाको १०१औँ धनी व्यक्ति बनेका छन् ।
अष्टेलियाको फाइनान्सियल रिभ्युले सार्वजनिक गरेको सन् २०१७ का दुई सय धनी व्यक्तिको सूचीमध्ये उनीहरू ६४ करोड ७० लाख डलर (६५ अर्ब रुपियाँ)सहित सो स्थानमा उक्लिएका हुन् ।
यसअघि उनीहरू ५८ करोड ६० लाख डलरसहित १०५औँ स्थानमा थिए । सन् १९९० को दशकको मध्यतिर अष्टेलिया बसाई सरेका घले दम्पतीको उच्च शिक्षा, घरजग्गामा लगानी रहेको छ । मेलबर्नमा उनीहरूकै लगानीमा प्रसिद्ध मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी सञ्चालनमा छ ।
सन् २०१५ मा घले दम्पतीले मलेबर्नमै ४७० ओटा तथा २१० ओटा कोठासहितका दुईओटा टावर होटल निर्माण गर्ने अनुमति पाएका थिए । घले दम्पतीकै लगानीमा नेपालमा प्रसिद्ध सेराटन ब्राण्डको चेन होटल पनि निर्माणाधीन अवस्थामा छ । गोरखापत्र दैनिकमा खबर छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको