१२ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले २० वटा वडामा प्यानल जित हात पारेको छ भने नेपाली कांग्रेसले ७ वटा वडामा प्यानल जित हासिल गरेको छ ।
६ वटा वडामा भने मिश्रित परिणाम आएको छ । मिश्रित परिणाम आएको वडा मध्ये कांग्रेसले ४ र एमालेले २ वटामा वडाध्यक्ष जितेको छ । माओवादी भने महानगरमा एक जना सदस्य पनि जित्न सकेन ।
एमालेले वडा नम्बर १, ५, ७, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २४, २५, २६, २८, २९, ३०, ३१ र ३३ मा प्यानल जित हात पारेको हो । कांग्रेसले वडा नम्बर २, ३, ४, ९, १० , २३ र २७ नम्बर वडामा प्यानल सहित जितेको छ ।
एमालेले वडा नम्बर ८ र २२ मा वडाध्यक्ष जितेको छ । एमालेले वडा नम्बर ८ मा वडाध्यक्षसहित महिला सदस्य र दलित महिला सदस्य जितेको छ भने कांग्रेसले २ खुल्ला सदस्य जितेको छ ।
त्यस्तै, वडा नम्बर २२ मा एमालेले वडाध्यक्ष र महिला सदस्य जितेको छ भने कांग्रेसले दुई खुल्ला सदस्य र दलित महिला सदस्य जितेको छ ।
वडा नम्बर ६ मा कांग्रेस वडाध्यक्षमा मात्र सिमित भयो । सो वडाको अन्य सबै सदस्य एमालेले जितेको छ । वडा नम्बर ११ मा कांग्रेसले वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र एक खुल्ला सदस्य जितेको छ भने एमालेले एक खुल्ला सदस्य जितेको छ ।
वडा नम्बर १२ मा कांग्रेसले वडाध्यक्ष र महिला सदस्य जितेको छ भने एमालेले दुई खुल्ला सदस्य र दलित महिला सदस्य जितेको छ ।
त्यस्तै, ३२ मा कांग्रेसले वडाध्यक्षसहित एक खुल्ला सदस्य जितेको छ भने एमालेले महिला सदस्य, दलित महिला सदस्य र एक खुल्ला सदस्य जितेको छ ।
जितको परिणामलाई प्रतिशतमा हेर्ने हो भने एमालेले कुल निर्वाचित प्रतिनीधि मध्येको ७०.६६ प्रतिशत र कांग्रेसले २९.३४ प्रतिशत जितेका छन् ।
पोखरा लेखनाथ महानगरपालिकामा कुल १ सय ६७ जना निर्वाचित प्रतिनीधि मध्ये एमालेका १२८ सदस्य निर्वाचित भएका छन् । महानगरको मेयर, उपमेयर, २२ वटा वडामा वडाध्यक्षसहित ५ जनाको दरले १०० र मिश्रतिमा १६ सदस्य गरेर कुल ११८ सदस्य एमालेको पोल्टामा परेको हो ।
कांग्रेसले ७ वटा वडामा प्यानल जित दर्ता गर्दा ५ जनाको दरले ३५ र मिश्रति परिणाम आएको वडामा १४ सदस्य जितेको कांग्रेसको कुल ४९ प्रतिनीधि निर्वाचित भएका छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको