परापूर्व कालमा परेवाले चिठी तथा सन्देश आदान प्रदान गर्ने काम गर्दथ्यो । तर अब चाहीँ परेवालाई लागु औषध तस्करीमा प्रयोग गर्न थालिएको छ । लागु औषधसहित एक परेवा रंगेहात पक्राउ परेपछि यसको खुलासा भएको हो ।
कुबेतमा लागुऔषधका झण्डै २ सय गोली सहित एउटा परेवा पक्राउ परेको छ । परेवाको पिठ्युँमा लुकाइएको अवस्थामा यति ठूलो परिमाणमा लागु औषध बरामद भएको हो ।
उक्त परेवालाई इन्टर सिटी अफिसको छतमा उडिरहेको अवस्थामा देखेपछि मानिसहरुलाई शंक लाग्यो । परेवाको पखेटामाथि पिठ्युँमा अस्वभाविक उठेको भाग थियो । त्यसपछि परेवालाई समाइयो । जब उसको पिठ्युँमा लागु औषधका गोलीहरु भेटिए तब सबै छक्क परे ।
इन्टरनेट प्रयोगकर्ताहरुले यसरी लागु औषध तस्करीमा प्रयोग हुने परेवालाई खतरनाक भनेका छन् र यसलाई र्याट्स अफ द स्काई नाम दिएका छन् । परेवाको पिठ्युँमा राखेर कसले लागु औषध ओसारपसार गरेको हो भन्ने चाहीँ खुलेको छैन ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको