ओली : स्थानीय तह थप्ने कामले निर्वाचनलाई अन्यौलतातर्फ धकेल्यो

KP-Oli-uml-chair-940x640९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले तराई मधेसका १२ जिल्लामा २२ वटा स्थानीय तह थप्ने कामले निर्वाचनलाई अन्यौलतातर्फ धकेल्ने काम भएको बताएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा पत्रकार सम्मेलन गरी स्थानीय तहको सीमांकन हेरफेरले निर्वाचन तयारीमा समेत प्रतिकुल प्रभाव पार्ने र निर्वाचनलाई अन्यौलतातर्फ धकेल्ने बताए ।

एमाले तालमेलमा इमान्दार देखिएन, अब एमाले होइन अरुसँग गछौंः राप्रपा

यसले कानुनको समेत ठाडो उल्लंघन गरेको एमालेको आरोप छ । ओलीले भने, ‘पहिलो चरणको निर्वाचन सम्पन्न भई अधिकांश स्थानको परिणाम घोषणा भइसकेको अवस्थामा गरिएको यो निर्णय निर्वाचन क्षेत्रको दूराशयपूर्ण हेराफेरीको नमुना हो’

त्यसअघि आजै बिहान बालुवाटारमा बसेको मुख्य दलहरुको बैठकमा पनि एमाले अध्यक्ष ओलीले संविधान विपरीत स्थानीय तहको संख्या थप भएको भन्दै आपत्ति जनाएका थिए । बैठकमा ओलीले कुन नियम कानुनका आधारमा स्थानीय तहको सँख्या थप गरिएको हो ? भन्दै प्रश्न गरेका थिए ।
ओलीले एमालेले जित्ने ठाउँहरुमा हार्नेगरी सिमांकन परिवर्तन गरिएको आरोप लगाए । मुख्य दलको बैठकमा सत्ता साझेदार दलका नेताहरुले भने प्रमुख दलकै सल्लाह र सहमतिमा दोस्रो चरणको निर्वाचन सहज बनाउन संख्या थपिएको बताएका थिए ।

नेकपा एमालेले स्थानीय तहको संख्या थप गर्नुको कारण स्पष्ट नपारेसम्म संसद बैठक चल्न नदिने चेतावनी समेत दिएको छ । यसबारेमा संसदको कार्यव्यवस्था परामर्श समितिमा जानकारी गराईसकेको एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाँच दशमलव ६० अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, असार ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।

भ्रष्टाचारकाे आराेप लागेका वैकुण्ठ योजना आयोगमा  गड्तौलालाई निमित्त मुख्यसचिव

 आषाढ १०, काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना

संसद्का कर्मचारीको माग वार्ताबाट समाधान गर्नुपर्छ : अध्यक्ष ओली

असार ९,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

 जेठ १७, काठमाडौँ। सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा,

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली

जेठ १६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार