चुनावमा सहरबाट खेदिएपछि कांग्रेसमा बबाल

congress-central-committee-65678212

६ जेठ, काठमाडौं । संविधानसभाको २०७० सालको निर्वाचनमा कांग्रेसले १० मध्ये काठमाडौंका ९ क्षेत्रमा चुनाव जितेको थियो । त्यही बलमा स्थानीय तहको चुनावमा एमालेलाई सहरबाट खेद्ने दाबी कांग्रेसले गर्दै आए पनि प्रारम्भिक मतगणना र नतिजामा कांग्रेस एमालेभन्दा धेरै पछाडि परेको छ ।

प्रतिष्ठाको विषय जोडिएको काठमाडौं महानगरमा ५० हजार मत गन्दा कांग्रेसका उम्मेदवार राजुराज जोशी एमालेका विद्यासुन्दर शाक्यभन्दा ६ हजारले पछि परेका छन् । अर्कोतिर नयाँ पार्टी विवेकशीलकी २१ वर्षीया उम्मेदवार रन्जु दर्शनालेसमेत प्रमुखमा सात हजार मत ल्याएर कांग्रेसलाई चुनौति दिएपछि कांग्रेसमा हल्लीखल्ली सुरु भएको छ ।

आफ्नो पकड भएका ठाउँमा एमालेले गतिलो चुनौति दिने र आफ्नो भोट नयाँ दलहरु विवेकशील र साझा पार्टीले काटेको भन्दै कांग्रेसको केही दिन अघि बसेको बैठकले अब दोस्रो चरणको निर्वाचनका सबै बल प्रयोग गर्ने निर्णय नै गर्यो ।

काठमाडौंमा हार्ने दिशातर्फ अघि बढिरहेको कांग्रेसले ललितपुरमा भने दुई हजारको अग्रता एमालेसँग लिइरहेको छ । तर, त्यहाँ पनि अग्रतामा पछि पर्न सक्ने डर कांग्रेसका नेता कार्यकर्तामा छ ।

बलियो पकड भएको पोखरा महानगरमा समेत कांग्रेस पछाडि परेको छ । माओवादीसँग तालमेल गर्नुका बाबजुद पनि एमाले उम्मेदवारले पछाडि छोडेपछि प्रमुख ठाउँ नै गुमाउने हो की भन्ने चिन्ता देखिन थालेको छ ।

सहरी भाग धेरै रहेको र काठमाडौंमा महानगरपछि धेरै जनसख्या भएको, गगन थापा, नरहरि आचार्य जस्ता हस्तीले जितेको बुढानिलकण्ठमासमेत कांग्रेसको हारको संघारमा पुगेको छ । ठूला नेता नै भएको स्थानमा हारतर्फ अघि बढ्ने अवस्था र सहरी क्षेत्रमा पकड गुमाएपछि कांग्रेसका नेताहरुले अब आत्मसमीक्षा आवश्यक भएको टिप्पणीगरेका छन् ।

कांग्रेस नेता मीन विश्वकर्माले आफ्नाहरुबाटै घात भएको आशयको पोस्ट सेयर गरेका छन् । कांग्रेसका दर्जनौं नेता कार्यकर्ताले पार्टीको लिएको केही गलत अडानका कारण पनि पार्टी पछाडि परेको टिप्पणी गरेका छन् ।

दुई दिन अघिको चुनावी समीक्षा बैठकमासमेत नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले कांग्रेसले आइजिपी काण्ड, प्रधानन्यायाधीशमाथिको महाअभियोग जस्ता विषयले पार्टीलाई हानी गरेको बताएका थिए । साथै, माओवादीसँग चुनावी तालमेल गर्दा पनि राम्रो सन्देश नगएको बताएका थिए ।

काठमाडौं बाहिरको कांग्रेस पकड रहेको सहर बनेपा नगरपालिका र पनौती नगरपालिकामा समेत एमालेले बाजी मारेको छ । बनेपामा स्थानीय उम्मेदावर उठाए पनि बादे परिवारबाट लक्ष्मी नरसिंह बादे एमालेबाट प्रमुखमा उठेपछि उनले जित हात पारे । तर, कांग्रेसकै मानिएको बनेपामा कांग्रेसलाई धेरै मत आउन सकेन ।

पनौती पनि कांग्रेसको गढ रहेको क्षेत्र हो । तर, त्यहाँ नि पनौतीभन्दा बाहिरका एमाले उम्मेदवार भीम न्यौपानेले पनौतीबाट उठेका कांग्रेस उम्मेदवारलाई पराजित गरिदिए ।

एकपछि अर्को गर्दै सहरी क्षेत्रमा पकड गुमाउन थालेपछि नेता कार्यकर्ताले पार्टीभित्रैबाट अन्तरघात भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । पोखरा महानगरमा कांग्रेसको खस्नुपर्ने भोट नै नखसेपछि नगरका कांग्रेस सभापतिले राजीनामा नै दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको

पाँच दशमलव ६० अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, असार ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।

भ्रष्टाचारकाे आराेप लागेका वैकुण्ठ योजना आयोगमा  गड्तौलालाई निमित्त मुख्यसचिव

 आषाढ १०, काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना

संसद्का कर्मचारीको माग वार्ताबाट समाधान गर्नुपर्छ : अध्यक्ष ओली

असार ९,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

 जेठ १७, काठमाडौँ। सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा,

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली

जेठ १६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा