पहिलो चरणको स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनकः एमाले

election-uml

काठमाडौं, जेठ ५–नेकपा एमालेले पहिलो चरणको स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।
एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनको प्रारम्भिक नतिजा सन्तोषजनक रहेकोे प्रतिक्रिया दिएका हुन् ।
उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्रारम्भिक परिणामले सिंगो पार्टी पंक्तिलाई उत्साहित बनाएको पनि स्पष्ट पारे ।
सचिव भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी समेत गरे ।
एमालेले शुक्रबार दिउँसो एक बजेसम्म १ सय ३ वटा स्थानमा जित हासिल गरेको छ ।

सचिव भट्टराईले कतिपय ठाउँमा पार्टी भित्र बलियो एकता नहुँदा पनि निर्वाचनमा पराजय व्यहोर्नु परेको उल्लेख गरे ।
एमालेले दोस्रो चरणको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन पनि सरकारसँग माग गरेको छ ।
पहिलो चरणको निर्वाचनमा सत्तारुढ दलहरुले राज्य शक्तिको दूरुपयोग गरेको निष्कर्ष निकालेको एमालेले दोस्रो चरणको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सरकारसँग माग गरेको हो । सचिव भट्टराईले दोस्रो चरणको निर्वाचनमा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकार र सत्तारुढ दलहरुसँग माग गरे ।
नेकपा एमालेले दोस्रो चरणको निर्वाचनको तयारीलाई अघि बढाएको जनाएको छ । एमालेले पहिलो चरणको निर्वाचनमा हालसम्मको मत परिणाममा पहिलो स्थान हासिल गरेको छ । एमालेले चार वटा नगरपालिका मध्ये काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकामा अग्रता कायमै राखेको छ भने ललितपुर महानगरपालिकामा झिनो मत अन्तरले काँग्रेस अघि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको