३ जेठ, जुम्ला । तातोपानी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नवराज न्यौपाने र उपाध्यक्षमा सोही पार्टीकै गङ्गादेवी उपाध्याय विजयी भएका छन् ।
निर्वाचन अधिकृत नोखबहादुर बस्यालकाअनुसार न्यौपानेले दुई हजार ३९१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुरतबहादुर शाहीले दुई हजार २५ मत प्राप्त गरे ।
उपाध्यक्षमा माओवादी केन्द्रका उपाध्यायले एक हजार ९६२ मत ल्याई विजयी भए । उनका प्रत्याशी एमालेका नारायणी चौलागाईंले एक हजार ९०६ मत प्राप्त गरे ।
कनकासुन्दरी र पातारसीमा काँग्रेस विजयी
यसैगरी कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नरवीर रावत र उपाध्यक्षमा काँग्रेसकै उर्मिला भण्डारी विजयी भएकी छिन् ।
रावतले दुई हजार ११३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजजङ्ग हमालले एक हजार ८४४ मत प्राप्त गरे । उपाध्यक्षमा भण्डारीले एक हजार ९४१ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मिमसरा राना रावतले एक हजार ४३१ मत प्राप्त गरेको निर्वाचन अधिकृत तुमनाथ उप्रेतीले जानकारी दिए ।
यसैगरी पातारासी गाउँपालिका अध्यक्षमा काँग्रेसका लक्षिमन बोहोरा र उपाध्यक्षमा सोही पार्टीका पुन्नकली महतारा विजयी भएका छन् ।
निर्वाचन अधिकृत जगत बस्नेतकाअनुसार बोहोराले दुई हजार ३११ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गौरीशङ्कर बुढाले एक हजार ९३० मत प्राप्त गरे । उपाध्यक्षमा महताराले दुई हजार २५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनमाया रोकायाले एक हजार ८५५ मत प्राप्त गरे ।
तिलामा अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी
तिला गाउँपालिकाको अध्यक्षमा एमालेका रतननाथ योगी एक हजार ७६८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जङ्गबहादुर बस्नेतले एक हजार ७४४ मत प्राप्त गरे ।
निर्वाचन अधिकृत माधवप्रसाद पौडेलकाअनुसार उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु बुढाले एक हजार ७७४ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुकली रावतले एक हजार ६१६ मत प्राप्त गरे ।
अहिलेसम्म जुम्लामा मतपरिणाम सार्वजनिक भएका सात स्थानीय तहमा अध्यक्ष पदमा काँग्रेस र माओवादी केन्द्र तीन-तीन वटामा तथा एमाले एउटामा विजयी भएको छ भने उपाध्यक्ष पदमा माओवादी केन्द्र चार, काँग्रेस दुई र एमाले एउटामा विजयी भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए । रासस
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको