१६ वैशाख ,ओखलढुंगा / स्थानीय तहको निर्वाचनमा पार्टीले महिलाहरुलाई प्रमुख पदमा उम्मेदवार नबनाएपछि आप्पति जनाएका छन् । नगरपालिका, गाउँपालिका र वडामा समेत महिलालाई प्रमुख पदमा उम्मेदवार िनदिएपपछि उनीहरु आक्रोशित बनेका हुन् । नेकपा माओवादी केन्द्रले एक जना महिला नेतृलाई गाउँपालिका प्रमुखमा अघि सारे पनि अन्य कुनै अन्यत्र कुनै पनि तहमा प्रमुख पदमा महिला उम्मेदवार छैनन् । मुख्य तीन दल एमाले काँग्रेस र माओवादी केन्द्रले लगभग उम्मेदवार छनौट गरि सकेका छन् । कतिपय स्थानमा बाँकी रहे पनि महिलाहरुले पाउने संभावना नभएपछि महिला नेतृहरु आक्रोसित भएका छन् । ‘क्षमता भएकाहरुलाई पनि पार्टीले उम्मेदवार नबनाउने हो भने पुरुषहरु आफै लिंग परिर्वतन गरेर पद लिउन’ काँग्रेस नेतृ सविता राईले आक्रोस पोख्नुभयो । मानेभञ्ज्यांग गाउँपालिका प्रमुखकी दावेदा राईलाई पन्छाएर काँग्रेसले पुरुषलाई अघि बढाउने प्रयास गरेपछि उहाँ आक्रोसित बन्नुभएको हो ।
त्यस्तै एमाले नेतृहरु उर्मिला खतिवडा, सरला धमला पनि आक्रोसित भएका छन् । आफुहरुलाई गउँ पालिकामा उपाध्यक्ष समेत नदिएको भन्दै उनीहरु पार्टी विरुद्ध बोल्न थालेका हुन् । अधिकांश गाउँपालिकाको प्रमुखमा पुरुष नै दाबेदार रहेको भएपनि उप प्रमुखमा समेत धाँदली गरी आफन्त तथा नातेदारको नाम सिफारिस गर्न खोजेको नेकपा एमालेबाट मोलुङ्ग गाउँपालिकाका उपप्रमुखका दावेदार सरला धमलाले बताउनुभयो । इलाका नम्बर ४ का इन्चार्ज अर्जुन धमलाले गत ७ गते बेलुका रागाँदीपको समिति चयन गरेर फर्किएपछि मोलुङ्ग गाउँपालिकाको उपप्रमुखमा आफ्नी श्रीमतीको नाम सिफारिस गरेको उहाँको आरोप छ । ‘महिलालाई पर्दा भित्र राखेर आफ्ना आफन्त राख्न खोजेको हो भने पुरुष आफैले साडी लगाएर उम्मेदवार दिँदा हुन्छ नि’ धमलाले आक्रोश पोख्नुभयो ।
श्रीमतिको नामा सिफारिस गरेका विषयमा अर्जुन धमलाले भने कपोकल्पित र झुटा आरोप लगाएको दावी गर्नुभयो । ओखलढुंगाका एक नगरपालिकासहित ८ स्थानीय तह र ७५ वडामा एक जना बाहेक जिल्लामा प्रमुख पदको उम्मेदवार महिला छैनन् । महिलाहरुले आफुहरुलाई सम्मानजनक जिम्मेवारी नदिए विद्रोह गर्ने चेतावनी दिएका छन् ।
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका
चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को
८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग
रुपन्देही १९ , फागुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र