‘संंशोधन’मा दुई तिहाइ पुर्‍याउने कसरतमा प्रधानमन्त्री

बैशाख १६, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा दुई तिहाइ पुर्‍याउन संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छुट्टाछुट्टै संवादको तयारी गरेका छन्। संशोधन विधेयकमा सहमति जुटाउन शुक्रबार बालुवाटारमा प्रमुख प्रतिपक्षी एमाले, मधेसी दलसहित संसदीय दलहरुसँग गरेको छलफलले ठोस गति नलिएपछि दाहालले यस्तो रणनीति अख्तियार गरेका हुन्। 

 

उनले संविधान संशोधन विधेयक अनुमोदन गर्न कसैगरी दुई तिहाइ पुर्‍याउने प्रतिबद्धता सरकारले यसअघि नै दिइसकेको भन्दै प्रतिपक्षी एमालेलाई सहमतिमा आउन आग्रह गरे। ‘एमालेले बुझ्नुपर्ने कुरा के हो भने अहिले पनि हामीले अघि सारेका संशोधन विधेयक मधेसी दलले पूरै मानिसकेको होइन, तर उहाँहरुले अपनत्व महसुस गर्नुहोस् भनेर राष्ट्रिय सहमतिको प्रयास गरेको हुँ’, दाहालले भने, ‘यसमा कसै न कसैले ‘रिस्क’ लिनैपर्थ्यो, मैले सरकार प्रमुखको हिसाबले सुरुवात गरेको हुँ।

बाहिर अनावश्यक प्रचारबाजी गरिदिनुभएन। अब सहमति निर्माण गरेर निकास दिन सहयोग गर्नुपर्‍यो।’ दाहालले संविधानको प्रस्तावनामै लेखिएको ‘राज्य बहुभाषी हुने’ लगायत विषय यो संशोधनमा व्याख्यासहित परेको भन्दै त्यसबारे गलत प्रचार भएको बताए। बैठक थाल्दै उनले संविधान संशोधन विधेयक टुंग्याउन सहमति मागेको राजपा नेता अनीलकुमार झाले बताए। ‘प्रधानमन्त्रीजीले संविधान संशोधनमा सहयोग गर्न सबै दललाई आग्रह गर्नुभयो, त्यसपछि पहिलो चरणको चुनाव भइसकेपछि मत गणना गर्ने कि, अर्को चुनावसम्म राख्ने भन्ने विषय राख्नुभयो, अनि बजेटलाई दुई चरणको चुनाव बीचमा राख्ने कि के गर्ने भन्ने विकल्पमा छलफलका लागि आग्रह गर्नुभयो,’ झाले भने, ‘हामीले संशोधन विधेयक पहिले टुंग्याउन भन्यौं ।

त्यसपछि राजनीतिक निकासका लागि सहज हुने हामैो कुरा रह्यो।’ स्रोतका अनुसार दाहालले संशोधन विधेयक जसरी पनि पास गराउने भनी आफूले भनेको विषयलाई विवादको विषय नबनाउन बैठकमा आग्रह गरेका थिए। ‘मैले जसरी पनि पास गराउछौं भनेको हुँ, तर त्यसको अन्तर्य प्रमुख प्रतिपक्ष पनि त्यसमा सामेल होस् भनेर हो। अाइतबारसम्म परिमार्जन आएपछि प्रतिपक्षले के राख्न, हटाउन चाहन्छ भन्ने हेरौं र पास गरेर जाऔं’, बैठकमा उनले भने । दाहालले बोलेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई बोल्न आग्रह गरेका थिए। देउवाले आफू नबोली वरिष्ठ नेता रामचन्द्र पौडेललाई इशारा गरेपछि पौडेलले अब संशोधनमा विलम्ब नगर्न आग्रह गरे।

‘विधेयकमा असहमति राख्नुपर्ने त्यस्तो विषय छैन, यो सहमतिकै लागि गरिएको कोसिस हो,’ पौडेलले बैठकमा राखेको विषय सुनाउदै भने, ‘अब संशोधन टुंग्याएर निर्धारित समयमै चुनाव गर्न सबैले वातावरण बनाऔं । कांग्रेसको यसमा कुनै फरक विचार छैन।’ एमाले नेता अग्नि खरेलले भने सत्ताघटकले प्रतिपक्षीलाई गुमराहमा राखेर अघि बढिरहेको आरोप लगाउँदै पहिले विधेयकको परिमार्जित मस्यौदा हेरेर मात्रै प्रतिक्रिया दिन सकिने बताए। उनले चुनावलाई प्रभावित पार्नेगरी बजेट ल्याउन लागिएको भन्दै बजेट मिति सार्न नहुने, बरु चुनाव एकै चरणमा जेठ ७\८मा गर्ने गर्नुपर्ने तर्क गरे।

‘हामीलाई अहिलेसम्म परिमार्जित विधेयकबारे थाहा छैन, पहिले सरकारले ल्याओस्,’ खरेललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘मिडियामा आएको कुरा पत्याउने हो भने अहिले पनि भाषा, नागरिकतालगायत विषयमा अस्पष्ट र दोहोरो अर्थ लाग्ने विषय राखिएका छन्, तिनलाई सच्याउनुपर्छ।’

मधेसी दलबाट महन्थ ठाकुर, उपेन्द्र यादव र रामजनम चौधरीले बोलेका थिए । राजपा नेता ठाकुरले विगतमा राख्ने गरेकै विषय अधिकांश समय दोहोर्‍याए। उनले ‘विधेयक पारित गरेर मधेसी जनतालाई राहत दिइनुपर्ने तर्क गर्दै अब विधयेक बारेका छलफल लम्ब्याउन नहुने मत राखेका थिए। लोकतान्त्रिक फोरम नेता रामजनम चौधरीले दलहरूमा अझै पनि चुनाव गराउने बारे मनस्थिति तयार भइनसकेको भन्दै असन्तुष्टि जनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न