बालुवाटारमा राति अबेरसम्म वार्ता

Baluwatar-Meeting-Congress-mao-uml-768x576

काठमाडौं, १३ वैशाख । प्रमुख तीन दलसहित बसेको पाँच दलको बैठकमा अवरुद्ध व्यवस्थापिका–संसद् खुलाउने विषयमा बुधबार बिहान साढे दश बजे शीर्ष नेताहरु बसेर निष्कर्षमा पुग्ने सहमति भएको छ ।

 बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार साँझ बसेको बैठकमा अवरुद्ध संसद् खुलाउने विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी ओली र उपप्रधान तथा स्थानीय विकासमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच अवरुद्ध व्यवस्थापिका–संसद् खुलाउने विषयमा बुधबार निष्कर्षमा पुग्ने सहमति भएको हो ।

बैठकका बारेमा जानकारी दिँदै फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले बुधबार बिहान १०ः३० बजे शीर्ष तीन नेता र उपप्रधानमन्त्री थापा गरी चार जना बसेर एउटा टुङ्गोमा पुग्ने विषयमा सहमति भएको जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा कांग्रेसका नेता रमेश लेखकले अवरुद्ध संसद् खुलाउनेलगायत विषयमा छलफल भएको र सहमतिका लागि छलफल प्रारम्भ भएको बताए ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने, बजेट ल्याउने र संसद् बैठक सुचारु गर्ने विषयमा गम्भीरतापूर्वक छलफल भएको बताइन ।

बैठकमा संविधान संशोधन विधेयक, स्थानीय तहको निर्वाचन र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल भएको थियो ।

एमाले नेता सुवासचन्द्र नेम्वाङका अनुसार स्थानीय तहको निर्वाचन र संविधान संशोधनको विषयमा एक÷दुई दिन छलफल निरन्तर रहनेछ । स्थानीय तहको निर्वाचन र जेठ १५ मा बजेट ल्याउने विषयमा प्रमुख प्रतिपक्षी दल एमालले आफ्नो कुरा गम्भीरतापूर्वक राखेको उनको भनाइ छ ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, प्रकाशमान सिंह, एमाले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापा, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप