संशोधनको नयाँ विधेयक आजै टुंगो लाग्नेमा अन्यौल

काठमाडौं, चैत २८ – प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग छलफल गरेर सोमबार संविधान संशोधनको नयाँ विधेयक टुंगो लगाउने तयारी गरेपनि अनिश्चित भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौं बाहिर हुनुभएकाले प्रस्ताव सोमबार नै टुंगो लाग्ने, नलाग्नेबारे केही भन्न नसकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्रीले बिहान मोर्चासँग छलफल गरेर संशोधन विधेयक टुंगो लगाउने तयारी गर्नुभएको थियो ।

तर देउवाको उपस्थितिमा बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । कांग्रेस सभापति देउवा भने पार्टी कार्यक्रमको लागि धनगढी हुँदै दाङ पुग्नुभएको छ । त्यहाँ सोमबार सभा भएकाले उहाँ कुनबेला काठमाडौं फर्किने टुंगो छैन ।

सोमबार नै संविधान संशोधनको विधेयक मन्त्रीपरिषदबाट पारित गराएर संसदमा दर्ता गराउने प्रधानमन्त्री दाहालको तयारी छ । संसदमा यसअघि दर्ता भएको सिमांकनको हेरफेर सहितको संविधान संशोधन प्रस्तावमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले त्यसलाई फिर्ता लिएर नयाँ विधेयक दर्ता गर्ने तयारी गर्नुभएको हो ।

नयाँ विधेयकमा सिमांकनबाहेक सरकारी कामकाजको भाषा, मातृभाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयलाई संशोधन गर्ने उल्लेख छ ।

विधेयकमा भाषा आयोगको सिफारिसमा केही मातृभाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिने, नेपालीसंग विवाह गरेकी विदेशी महिलाले आफ्नो देशको नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेपछि प्रचलित कानुन बमोजिम नेपालको वैवाहिक अंगिकृत नागरिकता पाउने, राष्ट्रियसभाको सदस्य चयनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था हटाउने लगायत कुरा उल्लेख गर्ने सरकारको तयारी छ ।

पटकपटक बोलाउँदै सार्दैै गरिएको मन्त्रीपरिषद बैठक सोमबार पनि ३ बजेका लागि बोलाइएको हो । उपप्रधानमन्त्री विमलेन्द्र निधि भने प्रधानमन्त्रीपछिको बरियता आफुले नपाए मन्त्रीपरिषद बैठकमा सहभागी नहुने भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप