चुनावमा खटिने कर्मचारीको सुरक्षाका लागि वीमा गरिने

election-commison-768x407२८ चैत्र, बिराटनगर । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खटिने कर्मचारीहरुको सुरक्षालाई ध्यान दिँदै उनीहरुको वीमा गर्ने तयारी गरको छ । चुनावमा बेला कर्मचारीमाथि कुनै क्षति भए उनीहरुका परिवारले वीमा मार्फत रकम पाउने छन् ।

निर्वाचनमा खटिने पूर्वाञ्चलका करिब १२० जना निर्वाचन अधिकृतहरुको तालिम उदघाटन गर्दै निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनावमा खटिने कर्मचारीको वीमा गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिए ।

दाहालले निर्वाचनमा खटिने कर्मचारीको सुरक्षालगायतका विषयमा आयोगले कर्मचारीको वीमा गर्ने काम अघि बढाइसकेको उनाले बताए ।

दाहालले निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपुर्व रुपमा सम्पन गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको महत्वपूर्ण जिम्मेवारी हुने भएकाले निर्वाचन सम्पन्न गर्न चुनौती र अवसर दुवैका रुपमा लिन पनि निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए ।

‘चुनाव एकै चरणमा हुन्छ’

निर्वाचन आयुक्त दाहालले अहिलेको अवस्थामा मुलुकुभर एकै चरणमा आगामी वैशाख ३१ गतै नै निर्वाचन सम्पन्न गर्ने योजनाअनुरुप आयोगले तयारी अघि बढाएको जानकारी दिए ।

बिराटनगरमा सोमबारदेखि सुरु भएको स्थानीय तह निर्वाचन व्यवस्थापन तथा सञ्चालन क्षेत्रीय प्रशिक्षणको उद्घाटन गर्दै आयुक्त दाहालले निर्वाचन आयोगको काम निर्वाचनको व्यवस्थापन मात्रै गर्ने भएकाले सोही अनुरुप आयोग अगाडि बढेको बताए ।

दाहालले निर्वाचनका तयारीका लागि कम्तिमा १२० दिन आवश्यक रहे पनि सरकारले दिएको जिम्मेवारी निर्वाचन आयोगले ८३ दिनकै गरेकोे बताए ।

दुई चरणमा विभाजन गरी बिराटनगरमा आयोजना गरिएको निर्वाचन व्यवस्थापन तथा सञ्चालन क्षेत्रीय प्रशिक्षणमा पूर्र्वी नेपालका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी १२० जनाको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको