April 6, 2017

धनी बन्न दिंदैनन् यी ६ बानीले !

काठमाण्डौ । अर्बपति तथा विश्वका सफल मानिसहरुले आफ्नो सफलता पछाडिको कारणको रुपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन् । सफलताको एउटा प्रमुख कारण आनीबानी पनि हो । सफल मानिसहरु राम्रो आनीबानीलाई सधैं फलो गर्छन् र त्यसैको नियममा बाँधिइरहेका हुन्छन् । व्यक्तिगत र व्यवसायिक जीवन अगाडि बढाउनका लागि समेत आदतको महत्वपूर्ण भूमिका हुन्छ । कयौं सफल मानिस आफूलाई निकै ख्याल गर्छन् र आफ्नो ज्यानदेखि अफिसलाई समेत फिट राख्ने कुरामा निकै सचेत हुन्छन् । कतिपय मानिसहरु चाहि आफ्नो सुविधाका लागि कयौं कुरा छाडेर समेत अगाडि बढिरहेका हुन्छन् ।

आफूलाई शंका गर्न छाड्नूू
यो सबैभन्दा नकारात्मक बानी हो, जसलाई तपाईले आफ्नो लाइफस्टाइलबाट हटाइहाल्नुपर्छ । यो बानी कायमै रह्यो भने तपाईले देखेको सपना पूरा हुनको साटो उल्टो टुट्न चाहि थाल्छ । त्यसकारण आफैंमाथि कहिल्यै शंका नगर्नुहोस् र आफ्नो नकारात्मक भावना तथा विचारलाई तर्कको आधारमा सुुल्झाउने कोशिश गरिराख्नुुहोस् ।

उपयुक्त समयको प्रतिक्षा गर्नु
यस्तो कुनै समय हुँदैन, जसलाई सही समय भनियोस् । तपाईले संभावित जोखिमको पहिलादेखि नै आँकलन गर्नुपर्ने हुन्छ, तर जुन समय तपाई पहिलादेखि नै गर्न चाहिरहनुुभएको छ त्यसका लागि कुनै समय पर्खिएर बस्नुुहुन्न । यस्तो काममा आफूलाई समय आउला र गरौंला भनेर रोक्ने भूल नगर्नुहोस् ।

नपढ्नु
नयाँ नयाँ जानकारी हासिल गर्नु एक निरन्तर प्रक्रिया हो । त्यसकारण सफल मानिस कहिल्यै पनि पढ्न छाड्दैनन् । उनीहरु पढ्छन्, मानिसहरुसँग कुरा गर्छन् र विश्वमा के भइरहेको छ भन्ने बिषयमा आफूलाई अपडेट गरिरहेका हुन्छन् ।

बोल्ने मात्र, काम चाहि नगर्ने
तपाईले बोलेर वा सोचेर मात्र हुँदैन । हावामा महल बनाएर केही हुनेवाला छैन । तपाई कहिल्यै पनि अगाडि बढ्न सक्नुुहुन्न, जबसम्म तपाईले सोचेको वा बोलेको कुरा गर्नुहुुन्न । त्यसकारण जे काम गर्छु भनेर योजना बनाउनुुभएको छ, त्यसलाई तुरुन्तै थालिहाल्नुपर्छ ।

कुनै लक्ष्य नहुुनुु
मानिसको एउटा निश्चित लक्ष्य हुन आवश्यक छ । तपाईसँग आफ्नो जिन्दगीको एक ब्लूप्रिन्ट हुनुपर्छ । यसबाट तपाईलाई लामो समयसम्म सहयोग प्राप्त हुन्छ ।

काममा फोकस नहुनु
तपाई आफ्नो काममा निरन्तर जोडिइरहनुुपर्छ । काममा जिद्धी ढंगले निरन्तर लागिरहनुुपर्छ । तपाई सफल बन्नका लागि लगातार काम गर्नुपर्छ र काममा फोकस भइराख्नुुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

ईन्द्रावती गाउँपालिकाद्धारा इलाका प्रहरी कार्यलय नवलपुरलाई मोटरसाइकल हस्तान्तरण

८ चैत,चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले इलाका प्रहरी कार्यलय नवलपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।

चैत १० देखि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी आयोजना हुँदै,१५० भन्दा बढी स्टलहरु रहने

६ चैत,काठमाडौं । चैत १० गतेदेखि १२ गतेसम्म तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनीको आयोजना

प्रधानमन्त्री दाहालले आज संसदमा विश्वासको मत लिने

६ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (आज) विश्वासको मत लिँदैछन्। प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको

सहकर्मी देखि प्रिन्टिङ प्रेस सम्मको लाखौं ठगेर आफुलाई माओवादी नेता बताउने राजेन्द्र शर्मा बेपत्ता

५ चैत,काठमाडौं। आफुलाई माओवादी सम्बद्ध यातायात मजदुर संगठनको नेता बताउने राजेन्द्र शर्माले मजदुरहरुकै लाखौं ठगी