आजका पत्रपत्रिकामा छापिएका समाचारहरु

new-patrapatrika-768x582

२४ चैत, काठमाडौं । बिहबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले नेपाल–भारत प्रबुद्ध समूहको बैठकको छलफलको विषयलाई प्रमुख समाचार बनाएका छन् । मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन सरकारले गरिरहेको कसरतलाई पनि आजका पत्रपत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् ।

गोरखापत्र दैनिकले नेपाल–भारत प्रबुद्ध समूह (इपीजी)को काठमाडौंमा जारी बैठकमा भएका छलफलका विषयमाथि मुख्य खबर लेखेको छ । गोरखापत्रमै कार्यतालिका अनुसार नै निर्वाचन, काठमाडौंको मेयरमा ‘हाइप्रोफाइल’ नेताको चर्चालगायत शीर्षक दिएर सामग्री पस्केको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले पनि इपीजी बैठकका क्रममा भएका छलफलका विषयलाई प्रमुख खबर बनाएको छ । नागरिक दैनिकले प्रदेश नं. २ को विवाद हल नहुँदा आयोगलाई अप्ठ्यारो परेको अर्को विषय पनि आज उठाएको छ ।

नयाँ पत्रिका दैनिकले ‘आखिर नयाँ के छ स्थानीय तहमा ?’ शीर्षक दिएर स्थानीय तहबारे जानकारीमूलक सामग्र पस्केको छ । देशभर जम्मा १० हजार बेरोजगारलगायत खबर पनि आजको नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा अटाएका छन् ।
कान्तिपुर दैनिकले मोर्चा आए दुई चरणमै शीर्षकमा मुख्य खबर लेखेको छ । विद्यालयको शुल्क सीमा अधिकतम् ३६०० निर्धारण गरिएको खबर पनि आज कान्तिपुरले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप