नक्कली अण्डाको बिगबिगीः कसरी चिन्ने ?

Fake-eggs-768x492२१ चैत, काठमाडौं । अण्डा स्वास्थ्यको लागि निकै पोषिलो मानिन्छ । तर, अब बजारमा अण्डा किन्न जानुअघि धेरै सोच्नुपर्ने भएको छ । यतिबेला भारतीय बजारमा नक्कली अण्डाको बिगबिगी देखिएको छ । नक्कली अण्डा खाएर मानिसहरु बिरामी पर्न थालेका छन् ।

भारतसँग खुला सीमा भएका कारण नक्कली अण्डाहरु नेपाली बजारमा पनि नभित्रिएला भन्न सकिन्न । यसै कारण हामीले सक्कली र नक्कली अण्डा चिनिराख्नु आवश्यक छ ।
झट्ट हेर्दा उस्तै देखिने भएकाले हेरेकै भरमा कुन सक्कली अण्डा र कुन नक्कली भनेर छुट्याउन गाह्रो पर्छ । अण्डा नक्कली हो भनेर यी तरिकाबाट चिन्न सकिन्छस्

– सक्कलीको तुलनामा नक्कली अण्डाको बोक्रा केही कडा हुन्छ । बोक्राको भित्री भागमा रबर जस्तो लाइनिङ हुन्छ ।

– नक्कली अण्डालाई औंलाले बिस्तारै हिर्काउँदा ट्वाकट्वाक आवाज सुनिन्छ, जुन आवाज सक्कलीको तुलनामा सानो हुन्छ ।

– अण्डालाई फुटाएर केही समयको लागि छोडिदिनुभयो भने अण्डाको सेतो र पहेँलो भाग केही समयमै मिल्न थाल्छन् । त्यसो भएमा त्यो नक्कली अण्डा हो ।

– नक्कली अण्डा उसिनेर पाकेपछि पनि पानीमा डुब्दैन । यसलाई कैयौं दिनसम्म बाहिर राख्दा पनि न यसमा झिँगा बस्छ, न त कमिला नै लाग्छ ।

– यदि त्यो नक्कली अण्डा हो भने अम्लेट बनाउन प्यानमा हाल्नासाथ पहेँलो भाग प्यानको वरिपरि फैलिन थाल्छ । जबकि सक्कली अण्डालाई प्यानमा हालेपछि नचलाउँदासम्म पहेँलो भाग एक ढिक्का भएर बसिरहन्छ ।

के हो नक्कली अण्डा रु कसरी बनाइन्छ ?

नक्कली अण्डा चीनबाट आयातीत हुने गरेको धेरैको विश्वास छ, त्यसैले यसलाई कतिपयले ‘चिनियाँ अण्डा’ समेत भन्ने गर्छन् । यस्ता अण्डा सोडियम अल्जिनेटलाई तातोपानीमा मिसाएर त्यो मिश्रणमा जिलेटिन, ऐलम तथा बेन्जोइक नामक तत्व मिसाएर बनाइन्छ ।

अण्डाको भित्रको पहेंलो भाग तथा बाहिरको सेतो भाग तयार गर्न पनि यही मिश्रणको प्रयोग गरिन्छ । पहेंलो भाग बनाउन मिश्रणमा पहेलो रंगको प्रयोग बढी गरिन्छ । अण्डाको बोक्रा बनाउन भने क्याल्सियम क्लोराइडको प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि