३४ कर्मचारीले त्यागे पीआर

Karmachari-Sketch-768x468१९ चैत, काठमाडौं । विदेशी मुलुकको स्थायी बसोबासको अनुमति पाएका ३४ कर्मचारीले त्यस्तो अनुमति त्याग गरेका छन् ।  निजामती सेवा ऐन संशोधनपछि डीभी, पीआर र ग्रिनकार्ड लिएको घोषणा गरेका ७३ मध्ये ३४ कर्मचारीले स्थायी बसोबासको अनुमति त्याग गरेको जानकारी सामान्य प्रशासन मन्त्रालयमा पेस गरेका छन् ।
निजामती सेवा ऐन २०४९ को चौथो संशोधनले विदेशी मुलुकको स्थायी बसोबासको अनुमति लिएका नागरिकलाई स्थायी बसोबास अनुमति त्याग गर्न १५ दिनको समय दिएको थियो ।  ऐन कार्यान्वयनमा आएको १५ दिनभित्र अनुमति त्याग वा राजीनामाको विकल्पमा निर्णय नलिए सम्बन्धित कर्मचारी बर्खास्त गर्ने व्यवस्था ऐनमा थियो ।मन्त्रालयले संसद्को राज्य व्यवस्था समितिमा पेस गरेको विवरणअनुुसार ऐन जारीपछि डीभी, पीआर तथा ग्रिनकार्ड भएको घोषणा ७३ कर्मचारीले गरेका थिए ।  यसमा निजामति सेवा, सुरक्षा सेवाका समेत कर्मचारी थिए ।

घोषणा गरेकामध्ये डीभी, पीआर तथा ग्रिनकार्ड त्यागिसकेका जानकारी ३४ जनाले मन्त्रालयलाई दिएका छन् ।  त्याग गर्न चाहेको जानकारी ६ कर्मचारीले मन्त्रालयलाई दिएका थिए, तर, त्याग गरिसकेको विवरण भने प्राप्त नभएको जानकारी मन्त्रालयले समितिमा दिएको आजको गोरखापत्रले लेखेको छ ।
ऐन कार्यान्वयनपछि डीभी, पीआर र ग्रिनकार्डका कारण १६ कर्मचारीले राजीनामा दिएको मन्त्रालयको तथ्याङ्क छ ।  स्थायी बसोबासको अनुमतिपत्र भएको घोषणा गरेका तर, त्याग गरेको जानकारी नदिएका थप १६ जना कर्मचारी रहेको मन्त्रालयले समितिमा पेस गरेको विवरणमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको