वैदेशिक रोजगारीबाट फर्किएपछि श्रीमतीबाटै खतरा

काठमाडौं, १७ चैत । Betrayalमध्य तराईका जिल्लामा वैदेशिक रोजगारीका कारण विकृति बढ्नुका साथै हत्याहिंसाका घटनासमेत बढेका छन् । अधिकांश हत्याहिंसाका घटनामा अनैतिक यौन सम्बन्ध र सम्पत्तिको लालच देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
२०७३ कार्तिक २६ गते जनकपुर उपमहानगरपालिका रजौलका श्रीराम ठाकुरको हत्या भयो । वैदेशिक रोजगारीबाट फर्केको केही दिनमै श्रीमती नितु मिश्रको मिलेमतोमा ठाकुरको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याको कारण अनैतिक सम्बन्ध र आर्थिक लोभ रहेको धनुषाका प्रहरी उपरीक्षक मनोज यादव बताउँछन् ।
यस्तै पुष २९ गते महोत्तरी हतिसर्वा संग्रामपुरका अञ्जनीकुमार मिश्रको पनि वैदेशिक रोजगारीबाट फर्केको केही दिनमै हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्रकी श्रीमती ज्योतिसहित फिरोज कवाडी, गंगाराम दास, तुफान नट र कुवेर राउतलाई पक्राउ गरेको छ ।
यौन सम्बन्ध र सम्पत्तिको लालचकै कारण घटना भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक शालिग्राम पौडेल बताउँछन् ।
वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश युवाले श्रीमतीलाई घर छाडेर जानुपर्ने बाध्यता र घरमा रहेकी महिलालाई घरपरिवारले माया प्रेम नदिनु, उसको भावनाको कदर नगर्नु, यौन तृष्णा तथा आर्थिक लेनदेनका कारण समेत विभिन्न आपराधिक घटना हुने गरेको प्रहरी अनुसन्धानले देखिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

 मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका

बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

मङ्सिर ६,काठमाडौं । बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग