March 28, 2017

पोखरामा ई रेक्सा संचालन भए कारवाही गर्ने चेतावनी

 
                पोखरामा ई रेक्सा संचालन भए कारवाही हुने जिल्ला ट्राफिक कार्यालय कास्कीले चेतावनी दिएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीका सहायक प्रहरी निरिक्षक शिव थापाले चैत १८ गते देखि कुनै पनि ई रेक्सा पोखरामा चल्न नदिने यदि चलेको खण्डमा कारवाही गरिने चेतावनी दिएका हुन ।

जिल्ला ट्राफिक कार्यालयले चैत १६ गते देखि ई रेक्सा पोखरामा संचालन गर्न नदिने भएको छ । यातयात व्यवस्था कार्यालयको निर्देशन कान्वयनको लागि आफुहरुले काम सुरु गरेको थापाले बताए। यही चैत ८ देखि १५ गतेसम्म इ रेक्सा चालकहरुलाई सम्झाई बुझाई गर्ने अभियानमा रहेको उनले बताए । पोखरामा हाल करिब ४० वटा ई रेक्सा व्यवसायिक रुपमा संचालनमा आएका छन ।

गण्डकी यातयात व्यवस्था कार्यालय पोखराले पोखराको ट्राफिक व्यबस्थापनमा ई रेक्साले थप समस्या पारेको तथा उपत्यका र पहाडी क्षेत्रमा ई रेक्सा अनुमती नदिएकोले पोखरामा ई रेक्सा पुर्ण रुपमा प्रतिवन्ध गर्न लागिएको कार्यालय प्रमुख तिलक पौडेलले बताए । उनका अनुसार यातयात व्यबस्था कार्यालय जिल्ला समन्वय समितिका अध्यक्ष हरी प्रसाद मैनालीको अध्यक्षतामा गत फागुन ८ गतेको बैठकले उक्त निर्णय गरेको हो । कार्यालय प्रमुख पौडेलका अनुसार समितिले उक्त निणर्य पुर्ण रुपमा कान्वयन गर्न जिल्ला ट्राफिक कार्यालयलाई दिइएको बताए ।
तीन पाङग्रे ई रेक्सा व्यवसायिक हिसावले सामानहरु ओसर पोसारमा धेरै सहज भएको व्यवसायिहरुले बताएका छन ।पोखराका एक ई रेक्सा चालक देविप्रसाद पौडेलले आफुहरुले गरी खान पाउनु पर्ने माग गरे । उनले भने “ हामीले विहान १० बजे पछि ई रेक्सा पोखरामा नचलाउन पनि तयार छौं, हामीले मुख्य सडक क्षेत्रमा चलाउदैनौं, हामीले जेन तेन गरेर स्वरोजगार भएको यस पेशा विस्थापित गर्ने हो भने हामीलाई यस पेशाको विकल्प दिनुपर्छ। ”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको