१४ चैत, काठमाडौं । गम्भीर विषयमा पनि व्यंग्य र हास्यरस मिसाएर विपक्षीमाथि प्रहार गर्ने पहिचान बनाएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमवार ललितपुरको होटल हिमालयमा गम्भिर शैलीमा प्रस्तुत भए । उनले आगामी २५ वर्षभित्र नेपाललाई विश्वको समृद्ध मुलुकमा रुपमा विकास गर्न सकिने केही योजना र उपायहरु सुझाए ।
एमाले इत्तरका बुद्धीजीवीका साथै समाजका सबै क्षेत्रका अगुवाहरुको ‘विद्धत भेला’मा ओलीले भने(यो भेला एमालेको घोषणापत्रमा उल्लेख गर्ने कुराको सुझाव लिनका लागि होइन, आउने २५ वर्षभित्र अर्थात विसं २०९९ भित्र नेपाललाई अचम्म लाग्ने समृद्ध देश बनाउन सक्छौं भन्ने विश्वासका साथ हामीले आ(आफ्ना क्षेत्रबाट काम गरौं भनेर सुझाव लिनका लागि हो ।
पूर्वप्रधानमन्त्री ओलीले नेपाल एउटा देशबाट वेष्टित भएर बस्न नसक्ने भन्दै भूपरिवेष्टित मुलुकले पाउने अधिकार भारत र चीन दुवैतिरबाट बराबरी पाउनुपर्छ भनेरै आफूले चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेको बताए । उनले भने(मैले यसो गर्दा विदेश नीति असन्तुलित बनायो भन्ने आरोप पनि लगाए । बराबरीको सम्बन्ध राख्नुपर्छ भन्नु असन्तुलन हो भने नेपाली व्याकरण परिवर्तन गर्नुपर्यो ।
ओलीले चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको वान बेल्ट वान रोडको अवधारणा नेपालको लागि फाइदाजनक रहेकाले यसमा नेपाल आफैंले पहलकदमी अघि बढाउनुपर्ने बताए । उनले दुनियाँसँगको सम्पर्कका लागि ओबीओआर उपयोगी हुने धारणा राखे । यसमा सरकारले दह्रो अडान लिनुपर्ने उनको सुझाव थियो ।
ओलीले नेपालको सुशासन, पुननिर्माण, शिक्षा, स्वास्थ्य जस्ता सबै क्षेत्र राजनीति पीडित भएको भन्दै अब सोच्ने बेला आएको बताए । उनले भने( अस्ति ताका पुननिर्माण प्राधिकरणलाई काम गर्न नदिएर सिइओ हटाइयो । काम गरिरहेका मान्छे हटाएपछि आइडिया पनि उनीसँगै गयो । नयाँले आइडिया खोज्दा खोज्दै यो वर्ष पनि भूकम्प पीडित पालमुनि नै रहने भए । यसरी राजनीतिक पीडित बनाएर समृद्धि सम्भव छैन ।
पूर्वप्रधानमन्त्री ओलीले नेपालको सम्बृद्धिका लागि आत्मनिर्भरताको बाटो बाहेक अरु विकल्प नरहेको बताए । उनले खाद्यान्न,उर्जा,पर्यटन जस्ता क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ भन्दा खोक्रो राष्ट्रवादको आरोप खेप्नुपरेको गुनासो पनि गरे । उनले भने(तर हामीले आत्म निर्भर अर्थतन्त्रको लागि कृषि,सहकारी,उर्जा जस्ता क्षेत्रमा लगानी नगरि सुख छैन ।
विद्धत भेलामा कांग्रेस,माओवादी,राप्रपा लगायत दलसँग निकट रहेका बुद्धिजिवीलाई समेत निम्त्याइएको थियो । भेलामा महेश मास्के, राजेश्वर आचार्य, शम्भुराम सिम्खडा, सूर्यराज आचार्य लगायतले एमालेले बौद्धिक जमातलाई बिनापस्र्वाग्रह समृद्धिको एजेण्डामा एक ठाउँमा ल्याएर छलफल गरेको भन्दै ओलीको प्रशंसा गरे ।
भेलामा विभिन्न निजी क्षेत्रका साथै बिभिन्न पेशागत क्षेत्रका अगुवाले २५ वर्षभित्र नेपाललाई समृद्ध मुलुकको हैसियतमा पुर्याउनका लागि गर्नुपर्ने कामका बारेमा सुझाव दिएका थिए ।
भेलामा पूर्वप्रधानमन्त्री माधव नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली लगायत एमाले नेताहरुले सहभागीका सुझाव सुनेका थिए ।
कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडाले २५ वर्षभित्र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको योजना प्रस्तुत गरेका थिए ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप